विभागीय डर्बी : एपिएफसँग पुलिस पराजित

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको मंगलबार भएको खेलमा एपीएफ विजयी भएको छ । हलचोकस्थित एपिएफको खेल मैदानमा भएको खेलमा पुलिसलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ विजयी भएको हो ।

एपीएफको जितका लागि युवराज खड्काले २ तथा राजेन्द्र रावल र हरि कार्कीले समान १-१ गोल गरे । यता पुलिसका लागि अजित भण्डारीले एक गोल फर्काएका थिए ।

राजेन्द्र रावलको गोलमार्फत खेलको २१ औ मिनेटमा एपीएफले सुरुवाती अग्रता लिएको थियो । सुरुवातमै पछाडी परेपछि पुलिसले एपीएफबाट निरन्तर दबाब बनायो । २८ औ मिनेटमा एपीएफले अग्रतालाई दोब्बर बनायो ।

हरी कार्कीले डिबक्स भित्रबाट हानेको बल सिधै गोलमा परिणत भएपछि एपिएफले पुलिसविरुद्ध अग्रता दोब्बर बनायो । ४३ औ मिनेटमा हेडमार्फत युवराज खड्काले गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा पुलिसका अजित भण्डारीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । तर, थप गोल गर्न भने सकेन । दोस्रो हाफमा युवराज खड्काले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई घरेलु मैदानमा ४-१ को सान दार जित दिलाए ।

जितपछि एपीएफ १२ खेलबाट २० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पुलिस १८ अंक सहित छैटौ स्थानमा छ ।

२०७५ पुष १७, मंगलवार मा प्रकाशित

Leave a Comment