प्रिमियर लिग : टोटेनहम जितसंगै नयाँ बर्षको शुरुवात गर्ने लक्ष्यमा

एजेन्सी – इंग्लिश प्रिमियर लिग फुटबलमा आज (मंगलबार) विभिन्न ३ खेल हुदैछन् । मंगलबार टोटेनहम, आर्सनल, लेष्टर सिटी लगायतका टोलीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो स्थानमा रहेको टोटेनहम जितसंगै नयाँ बर्षको शुरुवात गर्ने योजनामा हुनेछ ।

आज हुने पहिलो खेलमा एभर्टन र लेष्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ । एभर्टनको मैदानमा हुने खेल बेलुका ६ः१५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछन् । एभर्टन २७ अंक जोडेर लिगको १० औं स्थानमा छन् । २८ अंक जोडेको लेष्टर आठौं स्थानमा छ।

यस्तै आर्सनलले फुलहमको सामना गर्नेछ । आर्सनलको मैदान हुने खेल नेपाली समय अनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ ।

पछिल्ला खेलमा उच्च प्रदर्शन गर्न नसकिरहेको आर्सनल फुलहमलाई हराएर शीर्ष चार टोलीविरुद्ध अंक दुरी घटाउने योजनामा हुनेछन् । ३८ अंक जोडेको लिगको पाँचौ स्थानमा छन् । फुलहम १४ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ ।

आज हुने अन्तिम खेलमा टोटेनहम र कार्डिफ सिटीले प्रतिस्पर्धा गर्नेछन् । कार्डिफको मैदानमा हुने खेल राति ११ः१५ मा सुरु हुनेछ ।

कार्डिफविरुद्ध मैदान उत्रदा टोटेनहम जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लने दाउमा हुनेछ । तेस्रो स्थानको टोटेनहमले २० खेलबाट ४५ अंक जोडेको छ । कार्डिफलाई हराए टोटेनहमले म्यानचेस्टर सिटीलाई १ अंकले पछि बनाएर दोस्रो स्थान हासिल गर्नेछ । सिटीको ४७ अंक छ ।

यस्तै टोटेनहम शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी समेत कम गर्न चाहन्छ । लिभरपुलको ५४ अंक छ । कार्डिफ १८ अंक जोडेर १६ औं स्थानमा छ ।

२०७५ पुष १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment