जुनियर्स टेबल टेनिस मंसिर अन्तिम साताबाट

काठमाडौँ-अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा प्रथम एन्टा कप राष्ट्रिय जुनियर्स टेबल टेनिस प्रतियोगिता मंसिर २६ देखि २८ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा १८ बर्ष ६ महिना मुनीको पुरुष तथा महिला एकल तथा टिम ईभेन्ट्स, १५ बर्ष ६ महिना मुनीको ब्वाईज तथा गल्र्स एकल तथा टिम ईभेन्ट्स, १२ बर्ष मुनीको क्याडेट ब्वाईज तथा गल्र्स एकल तथा १० बर्ष मुनीको क्याडेट ब्वाईज तथा गल्र्स एकलमा प्रतिस्पर्धा गराईने प्रतियोगिता संयोजक एवं संघका उपाध्यक्ष धर्ममान बज्राचार्य द्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

करिव ४ लाख ५० हजारको लागत रहेको प्रतियोगितामा ४० जिल्लाका १५० खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । ४ महिना सम्मको मान्यता रहेको यस प्रतियोगिताबाट भारतको नयाँ दिल्लीमा जनवरी २२ देखि २४ सम्म हुने होप टेबल टेनिस प्रतियोगिताको लागि क्याडेट १० बर्ष र १२ बर्ष मुनीका ब्वाईज र गल्र्सको छनोट हुने समेत संयोजक बज्राचार्यले जानकारी गराए ।

सोही अवसरमा अखिल नेपाल टेबल टेनिस संघले राष्ट्रिय निर्णायक प्रशिक्षण पनि गर्ने कार्यक्रम समेत रहेको संयोजक बज्राचार्यले जानकारी गराए । ४ दिने राष्ट्रिय निर्णायकको प्रशिक्षणका लागि ४० जिल्लाकै प्रतिनिधीहरुको सहभागिता रहने र निर्णायकहरुलाई अन्तराष्ट्रिय निर्णायक बिनोद शाक्य, शंकर गौतम र तेजेन्द्र महराले प्रशिक्षण प्रदान गर्नेछन् ।

२०७५ पुष १७, मंगलवार मा प्रकाशित