एभर्टनलाई हराउदै लेष्टर एक स्थान माथि उक्लियो

एजेन्सी-इंग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा लेष्टरले एभर्टनलाई १-० गोल अन्तरले हराएर ३ अंक बटुल्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा लेष्टरलाई जित दिलाउन जेमी भर्डीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भार्डी एक गोल गर्दै लेष्टर तीन अंकको सफलता दिलाएका हुन् ।

लेष्टरलाई जित दिलाउन भार्डीले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरे । आजको जितसंगै लेष्टरले २१ खेलबाट ३१ अंक जोडेको छ ।

र, लेष्टर लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन २७ अंक जोडेर लिगको दशौं स्थानमा छ ।

२०७५ पुष १८, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment