शिर्ष स्थानको बाटो पछ्याउँदै टोटनहम

एजेन्सी-इंग्लिस प्रिमियर लिगमा उपाधिको होडमा रहेको टोटनहमले कार्डिफ सिटीलाई हराउदै शिर्ष स्थानमा उक्लने स्थिति सहज बनएको छ । मंगलबार राति भएको कार्डिफविरुद्धको खेलमा ३-० को जित निकाल्दै लिभरपुलसँगको दुरी ६ अंकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमको जितमा हेरी केन, क्रिस्टियन इरिक्सन र सन हिउङ र मिङले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा शुरुवाति अग्रता बनाएको टोटनहमका लागि केनको गोल गरेका हुन् । उल्भ्ससँग आश्चार्यजन हार ब्यहोरेको टोटनह्यामले गएराति भएको उत्कृष्ट भने उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।

त्यस्तै खेलको १२ औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै टिमलाई दुई शुन्यको अग्रता दिलाए । त्यसपछि २६ औं मिनेटमा कोरीयन खेलाडी मिङले उत्कृष्ट फिनिस गर्दै टोटनह्यामले आधा घण्टा भित्र नै तीन शुन्यको अग्रता लिन सफल भयो । पछिल्ला सात खेलमा मध्य एउटा खेलमा मात्र हार ब्यहोर्यको टोटनहमले छैटौ खेलमा जित निकाल्ने क्रममा दोस्रो हाफमा पनि केहि मौका पाएको थियो तर गोल थप्न सकेन ।

जितपछि टोटनह्यामको २१ खेलबाट ४८ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको ५४ अंक छ । आजको खेलको जितपछि टोटनह्यामका प्रशिक्षक माउरीसियो पोचिटीनोले टिमले उपाधि यात्रा कायम राख्न यहि फर्मलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

२०७५ पुष १८, बुधबार मा प्रकाशित

Leave a Comment