मनाङका प्रशिक्षक सुमन भन्छन् : अन्तिम खेलको पर्खाइमा छु

काठमाडौँ – पल्सल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्याम्पियन क्लब मनाङ मस्र्याङ्दीले । लगातार १२ खेल जित हात पारेको छ ।
बुधवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउदै मनाङले लिगमा अपराजित यात्रा कायम राखेको छ ।

आजको खेलमा जित पछि मनाङका प्रशिक्ष सुमन श्रेष्ठले अपराजित यात्रा साखार हुने बताएका छन् । ‘हामि अपराजित छौ, अपराजितनै भएर लिग सकाउने योजनामा छौ, अव अन्तिम खेलको पतिक्षामा छौ हेरौ नतिजा के हुन्त ।’ श्रेष्ठले भने ।

मनाङले यस अघिनै दुई खेल बाँकि रहदै लिगको उपाधि उचालि कब्जा गरि सकेको छ । मनाङको यो आठौ उपाधि हो । ‘हाम्रो खेलाडीको खेल निकै राम्रो छ, यसै फर्ममा लिग सकाउन चाहान्छौ, आशा छ यो चाहाना पुरा हुनेछ ।

रेकर्डको कुरामा अपराजित भएर नै लिग जिति सकेका छौ । तर, पुरै लिगमा अपराजित भएर लिग सकाउने हाम्रो चाहाना छ ।’ प्रशिक्षक श्रेष्ठले भने ।
‘शेर्पा विरुद्ध खेलमा भने सोचेजस्तो खेल्न नसकेको उनले सहजै स्वीकारे । “आज शेर्पाले पनि राम्रो खेल्यो । हामीले सोचेजस्तो खेल्न सकेनौँ । तर नतिजा आफ्नो पक्षमा आएकोले त्यसैमा सन्तुष्ट छौँ ।’

लगातार १२ औँ जित पछि मनाङ ३६ अंक सहित शिर्ष स्थानमा छ । मनाङले अव आफ्नो अन्तिम खेल फ्रेन्ड्स बिरुद्ध खेल्दै छ ।

२०७५ पुष १८, बुधबार मा प्रकाशित

Leave a Comment