म्यान्चेष्टर युनाईटेडको जितमा लुकाकु र रासफोर्डको गोल

एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले लगातार चौथो जित निकालेको छ । बुधबार राति भएको खेलमा न्युक्यासल युनाईटेडलाई पराजित गर्दाै लगातार चौथो जित निकालेको हो । युनाईटेडले न्युक्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो । यस जितसँगै मान्भेष्टरको यो लगातार चौथा जित हो ।

पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । मान्चेष्टरको जितका लागि रोमेलु लुकाकु र मार्कोस रासफोर्डले एक एक गोल गरे ।

दोस्रो हाफमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रोमेलु लुकाकुले खेलका ६४ औं मिनेटमा गोल गर्दै म्यानयुलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ८० औं मिनेटमा मार्कोस रासफोर्डले गोल गर्दै टोलीको अग्रता २-० ले पार्ये ।

प्रशिक्षकमा आएपछि लगातार चार लिग खेल जित्ने आले गुनर सोल्सायर क्लब ईतिहासका दोस्रो प्रशिक्षक बने । जितपछि म्यान युनाईटेड ३८ अंक सहित तालिकाको छैटौ स्थानमा उक्लिएको छ । न्युक्यासल रेलिगेशन जोन भन्दा तीन स्थान माथि छ ।

२०७५ पुष १९, बिहीबार मा प्रकाशित