साउथह्याम्टन र चेल्सीले अंक बाँड्न बाध्य

एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको साउथह्याम्टनसँग गोल रहित बराबरी खेलेको हो ।

७२ प्रतिशत खेल नियन्त्रणमा राखेपनि चेल्सीले गोल गर्न भने सकेन । अंक बाँड्नु परेपछि चेल्सी प्रशिक्षक माउरिजियो सारीले चेल्सीलाई स्ट्राईकरको खाँचो रहेको बताएका छन् । पछिल्ला ११ खेलमा साउथह्याम्टनले पहिलो पटक अंक जोड्न सफल भयो ।

ईडेन हजार्ड र अल्भारो मोराटाले गोलका सुन्दर अवसर गुमाएका थिए । चोटका कारण ओलिभर जिराउडले घरेलु मैदानमा भएको खेलमा अनुपस्थित थिए । चेल्सी २१ खेलबाट ४४ अक जोड्दै तालिकाको चौथो स्थानमा यथावत छ ।

उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँग अंक दुरी घटाउने मौका गुमाएको छ । साउडह्याम्पटन १६ अंक सहित रेलिगेशन जोनमा छ ।

२०७५ पुष १९, बिहीबार मा प्रकाशित