खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा : उद्घाटन खेलमा सुप–११ र मेची नेत्रालय झापा भिड्ने

काठमाडौँ–नेपालकै सर्वाधिक धनराशीको तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।  आगामी पुस २४ गते देखि सुरु हुने सुदुरपश्चिमको एक्लो गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको हो ।

गोल्डकपको तयारी चरणमा पुगेको आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले बताए । प्रतियोगिता सञ्चालन हुने धनगढी रंगशालाको मैदान तयार हुन वाँकी रहेको र अन्य तयारी लगभग सकिने अवस्थामा पुगेको अध्यक्ष हमालले जानकारी दिए ।

प्रतियोगिताका लागि आयोजकले बिभिन्न उपसमितिहरु पनि बनाएको छ । आजको पत्रकार सम्मेलनमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबको जर्सी पनि सार्वजनिक गरिएको छ । यस संस्करण देखि क्लबको नाम नेपाल आईस सुदुरपश्चिम–११ स्पोर्टस क्लब रहने भएको छ ।

आयोजकले प्रतियोगितामा सहभागी हुने टीमहरुको पनि टुङगो लगाएको छ । प्रतियोगितामा आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब सहित ए डिभिजन क्लबहरु मनाङ मस्याङ्दी, थ्री स्टार, संकटा, भ्याली च्यासल युथ क्लव विभागीय टीम नेपाल पुलिस, नेपाल एपिएफ क्लबले सहभागीता जनाउने भएका छन् ।


त्यसैगरी गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, काकरभित्ता टेनिङ सेन्टर झापा, मोरङ ११ स्पोर्टस क्लबले पनि भाग लिने निर्णय दिईसकेको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष हमालले बताए । विदेश क्लबमा भने भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब आउने भएका छन् ।
प्रतियोगितामा हभागी १२ टीमलाई ६÷६ वटा गरेर दुई समुहमा विभाजन गरिएकोमा सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणका खेलहरुको खेल तालिका सार्वजनिक हुन वाँकी रहेको टाईसिट भने सार्वजनिक गरिएको छैन् ।

प्रतियोगिताको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछ । उत्कृष्ट खेलाडीले मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५÷१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।

२०७५ पुष १९, बिहीबार मा प्रकाशित