ए डिभिजन लिगको उत्कृष्ट युवा खेलाडीलाई मणि विक्रम शाह योङ प्लेअर अवार्ड दिइने

काठमाडौं-अखिल नेपाल फुटबल संघले (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान स्वःमणिविक्रम शाहको नामबाट अवार्ड दिने घोषणा गरेको छ ।

बिहिबार एन्फाले एक बिज्ञप्ति जारी गर्नै अवार्डको घोषणा गरेको हो । एन्फाले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न एक युवा खेलाडीलाई मणिविक्रम शाह योङ प्लेअर अवार्ड प्रदान गर्ने भएको हो।

उक्त अवार्डमा नगद १ लाखबाट सम्मान गर्ने भएको छ ।

नेपाली म्याराडोनाको नामले चर्चित शाहको गत वैसाखमा निधन भएको थियो । यसबाहेक लिग को विभिन्न विभागत उत्कृष्ट खेलाडीले एक-एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।

लिगमा मनाङ मर्स्याङ्दीले क्लबले दुई खेल अघि नै उपाधि पक्का गरिसकेको छ भने संकटा क्लबले दोस्रो बन्ने पक्का भएको छ । मनाङले ५० लाख नगद र लिगको ट्रफी पाउनेछ भने संकटाले ३५ लाख हात पार्नेछ।

लिग अन्तरगत शनिबार देखि १३ औँ चरणका खेलहरु सञ्चालन हुनेछन् । शनिबार हुने पहिलो खेलमा जाउलाखेल युथ क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ । हलचोक स्थित एपीएफको मैदानमा हुने खेल बिहान ११ः०० बजेबाट शुरु हुनेछ । सोहि स्थानमा हुने अर्काे खेलमा सरस्वति युथ क्लबले नेपाल पुलिसको सामना गर्ने छ ।

यि दुई टोली बिचको खेल दिउसो २ः३० बजेबाट शुरुहुने छ । शनिबार हुने खेलमा जित निकाल्दै पुलिस अंक तालिकामा सुधार गर्ने योजनामा हुनेछ । उता जाउलाखेल पनि अंक तालिकामा एक स्थान सुधार गर्ने पक्षमा छ ।

२०७५ पुष १९, बिहीबार मा प्रकाशित