ग्लोब सकर अवार्ड रोनाल्डोलाई

एजेन्सी-पोर्चुगिज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्ड जितेका छन् । रोनाल्डोले सन् २०१८ को उत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका हुन् ।

बिहिबार राति आयोजक ग्लोब सकरले दुबईमा रोनाल्डोलाई अवार्ड प्रदान गरेको थियो । यस्तै रोनाल्डोले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जितेका छन् । रोनाल्डो रियल मड्रिडमा रहदा च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध उनले गरेको ओभर हेड गोल उत्कृष्ट ठहरिएको थियो ।

यस्तै ब्राजिलियन रोनाल्डो र फ्रान्सका ब्लेइस मटुइडील प्लेअर करियर अवार्ड जिते। फाबियो कापेलोले कोच करियर अवार्ड जिते।

उत्कृष्ट क्लबको अवार्ड भने स्पेनको एट्लेटिको मड्रिडले जित्यो। एट्लेटिकोले स्पेनकै रियल मड्रिड र इंग्ल्याण्डको लिभरपुललाई पछि पारेको हो।

 

ग्वोब सकर अवार्डमा रोनाल्डोको ह्याट्रिक

सन् २०११ मा पहिलो पटक ग्लोबल सकर अवार्ड जितेका रोनाल्डोले पछिल्लो समय लगातार तीन पटक यो अवार्ड जित्दै ह्याट्रिक गरेका छन्। उनले २०१४ मा दोस्रो पटक यस अवार्ड जितेका थिए। यस्तै २०१६ देखि २०१८ सम्म लगातार तीन पटक यस अवार्ड जितेका हुन्।

रोनाल्डो बाहेक लियोनल मेसी, एडिनसन कभानी र फ्रान्क रिवेरीले पनि एक-एक पटक ग्लोब सकरमा बेस्ट प्लेअर अवार्ड जितेका छन्।

रोनाल्डोले २०१६ मा गुडविल अवार्ड समेत जितेका थिए। सन् २०१० बाट ग्लो सकर अवार्ड प्रदान गर्न सुरु भएको हो। जसमा बेस्ट प्लेअर अवार्ड भने २०११ बाट दिन सुरु गरियो र पहिलो पटक नै रोनाल्डोले यस अवार्ड जिते।

२०७५ पुष २०, शुक्रबार मा प्रकाशित

Leave a Comment