न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुष अन्तिमबाट

काठमाडौं-न्यु डायमण्ड कप स्पोर्टस क्लबले आयोजना गर्ने न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो संस्करण यहि पुष अन्तिम साताबाट सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा ३ बिभागिय र अन्य ५ टोली गरि जम्मा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिताको आयोजक न्यु डायमण्ड स्पोर्टस क्लबले आज (शुक्रबार) राजधानिमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

दोस्रो संकरण प्रतियोगिता न्यु डायमण्डकै कोटमा हुने भएको छ । प्रतियोगिता पुस २५ बाट २८ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगिता मा आयोजक न्यु डायमण्ड एकेडेमी, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टप्स माबि पोखरा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन ताइग्रेस र पारामाउन्ट स्कुलले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिता लिग कप नकआउटका आधारमा हुने छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले उपाधि सहित ३ लाख र दोस्रो हुनेले २ लाख रुपैयाँ प्रप्त गर्ने छ । त्यसैगरि तेस्रो हुने टोलीले एक लाख एक हजार रुपैयाँ चौथो हुने टोलीले ५१ हजार रुपैया प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने ब्यक्तिगत विधामा उत्कृष्ट हुनेले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
जसमा समूह ए मा न्यु डायमण्ड र चितवन, समूह बी मा टप्स र पारामाउन्ट, समूह सी मा आर्मी र पुलिस तथा समूह डी एपीएफ र जावलाखेल रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमण्ड र चितवनले प्रतिस्पर्धा गर्ने छन् । यस्तै प्रतियोगितामा सहभागि काठमाण्डैँ बाहिरका टोलीलाई खान बस्नको व्यबस्था र काठमाण्डौँका टोलीहरुलाई यातायात खर्च आयोजकले बेहोर्न भएको छ ।

प्रतियोगिताको लागि नेपाल भलिबल संघले १५ हजार नगद सहयोग गरेको छ भने संघका महासचिव जितेन्द्र बहादुर चन्दले व्यक्तिगत १० हजार सहयोग गरेका छन् ।

खेल तालिका :

२०७५ पुष २०, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment