टोटनहमद्धारा रोभर्सको पोष्टमा गोलको बर्षा : लोरेन्टको ह्याट्रिक

एजेन्सी-इंग्लिस प्रिमिअर लिग अन्तरगर्त गयराति भएको खेलमा टोटनहमले ट्रानमेरी रोभर्स बिरुद्धको खेलमा सहज जित निकालेको छ । टोटनहमको जितको लागि फर्नान्डो लोरेन्टको ह्याट्रिक गरे । दोस्रो डिभिजनको क्लव ट्रानमेरीलाई टोटनहमले ७-० गोल अन्तरले हराएको हो । यो जितसंगै जितसँगै टोटनहम एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

आफ्नो दोस्रो खेलमा मैदानमा छिरेका लोरेन्टले जम्मा २४ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । अवए खेलमा टोटनहम क्लबको इतिहासमै धेरै गोल भएको यो पहिलो पटक हो ।

यस्तै खेलको ४० औं मिनेटमा सेर्गीले गोल गर्दै टोटनहमलाई शुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलमा समेटिएको टोटनहम दोस्रो हाफमा भने निकै आक्रमक भएर प्रस्तुत भएको थियो ।

दोस्रो हाफको खेल शुरु भएको तेस्रो मिनेटमा नै लोरेन्टले टिमका लागि दोस्रो गोल थपे । उनले ४८ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै ५५ औं मिनेटमा सेर्गीले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलिलाई थप अग्रता दिलाए । ५७ औं मिनेटमा सन हिउङ मिङले गोल गर्दा ७१ औं मिनेटमा लोरेन्टले ब्यक्तिगत दोस्रो गरे ।

दोस्रो गोल गरेको एक मिनेटमै अर्काे गोल गर्दै लोरेन्टले ह्याट्रिक पुरा गरे । खेलको ९२ औं मिनेटमा हेरी केनले टिमका लागि अन्तिम गोल गरे । उनि यो सिजन पनि टोटनहमका सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।

२०७५ पुष २१, शनिबार मा प्रकाशित

Leave a Comment