च्यासल र जावलाखेलले १-१ को बराबरीमा लिग सकाए

काठमाडौं-डिभिजन लिग फुटबल अन्तर्गत (शनिबार) भएको खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् । आजको खेलमा बराबरी खेल्दै दुबै टोलीले एक-एक अंक बाँडेका हुन् ।
एपीएफको हलचोक मैदानमा भएको  लिगमा आफ्नो अन्तिम खेल खेल्दै दुवै टोलीले १–१ गोलको बराबरी चित्त बुझाएका हुन् ।

जावलाखेलको तर्फबाट खेलको ११ औ मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेलला अग्रता दिलाएका थिए ।

उता च्यासलका तर्फबाट छिरिङ गुरुङले ३४ औ पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा पुगाएका हुन् ।

आजको खेलबाट आठौं स्थानको च्यासलले १३ खेलबाट १५ अंक जोड्न सफल भयो । जावलाखेलले १३ खेलबाट १३ अंक जोडेर लिगबाट बिदा लिएका छन ।

२०७५ पुष २१, शनिबार मा प्रकाशित