डिपिएल अक्सन : कुन टिम कस्तो ? के भन्छन् रणनितिक खेलाडीहरु ?

काठमाडौँ– तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग यही माघ २६ गते देखि फाल्गुन ११ सम्म धनगढीमा सञ्चालन हुदैछ ।
छ ठुला सहरका ६ टिमले सहभागिता जनाउने यो प्रतियोगिताका गरिएको अक्सन शनिवार सम्पन्न भएको छ ।

राजधानीको दरबार मार्ग स्थित अन्नपूर्ण होटलमा सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी रहेको थियो । जसमध्ये प्रत्येक टिमले ११ जना खेलाडीहरु टिममा अनुबन्धन गरेका छन् । खेलाडी खरिद गर्न हरेक टिमहरुले अधिकतम १२ लाख रुपैयाँ खर्च गर्न पाउने नियम थियो ।

आज अक्सनमा सहभागी खेलाडीहरु मध्ये ७२ जना खेलाडीहरु बिक्रि भए । यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरु मध्ये ६ जनालाई ६ वटा टिमले अनुबन्धन गरेका छन् ।

आज सहभागि भएका सबै रणनीतिक खेलाडीहरुले आफ्नो टिम बलियो भएको र अक्सनमा अनुबन्धन गरेका खेलाडीहरुबाट सन्तुष्ट भएको बताएका छन् ।

अब हामि कुन टोलीले कस्तो खेलाडी अनुबन्धन गरेका छन् र उनिहरुको लक्ष्य के भन्ने बिषयमा चर्चा गर्ने छौ ।

रुपन्देही च्यालेञ्जर्स– बसन्त रेग्मी रणनितिक खेलाडी

बसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले १४ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ । बसन्तको टिममा ललित भण्डारी, भिम सार्कि, प्रदिप ऐरी तथा बिनोद भण्डारी जस्ता बलियो खेलाडीले स्थान बनाएका छन् ।

यि सबै खेलाडीलाई रुपन्देहीले २ लाख ५० हजार रकममा अनुबन्धन गरेको हो । आजको अक्सनमा आफ्नो टिमले सोचे भन्दा राम्रो खेलाडी अनुबन्धन गर्न पाएकोमा खुसी भएको बसन्तले बताए ।

‘हामिले जे सोचेका थियो त्यो पायौ, भाग्य बस राम्रो राम्रो खेलाडीहरु पनि हामिलाई नै परे, यसकारण हामि सबै खुसी छौ । लाग्छ हाम्रो टोली बलियो नै हुने छ ।’ बसन्तले भने ।

रुपन्देही च्यालेञ्जसका खेलाडीहरु
भिम शार्की – २ लाख ५० हजार, ललित भण्डारी – २ लाख ५० हजार, प्रदिप ऐरि – २ लाख ४० हजार, पुरन बिक – ५० हजार, सन्दिप सुनार – १ लाख १० हजार, बिक्रम सोब – ६० हजार, कृष्ण कार्की – १ लाख, सुमित महर्जन – ७५ हजार, बिनोद भण्डारी – २ लाख ५० हजार , सुरज दराई – ३० हजार , अनिल खरेल – ३० हजार , शेर मल्ल – ३० हजार

धनगढी स्टार्स : सोमपाल कामि रणनीतिक खेलाडी


सोमपाल डीपीएलका पुर्ब बिजेता कप्तान पनि हुन् । अहिलेको प्रतियोगितामा पनि आफ्नो टिमले उपाधि उचाल्ने उनको भनाई छ । धनगढीले १२ लाख २० हजार खर्च गरेको छ ।

सोमपालले आफ्नो टिम राम्रो हुने र सबै सोचेको जस्तो खेलाडी पाएको मा खुसी भएको बताएका छन् । ‘अक्सन एकदमै राम्रो भयो । हाम्रो टिम पनि राम्रो बन्ने पक्का छ । मलाई लाग्छ यो पटकको उपाधि पनि हाम्रो नाममा हुनेछ ।’ उनले भने ।

सोमपालको टोलीमा पवन सर्राफ, सौरभ खनाल तथा हरि बहादुर चौहान जस्ता निकैने जोस बोकेका खेलाडी अनुबन्धित छन् ।

धनगढी स्टार्सका खेलाडीहरु
पवन सर्राफ – २ लाख ५० हजार, दिपेश श्रेष्ठ – ८०,०००, सौरभ खनाल – १ लाख ६० हजार, बिपिन खत्री – ९५,००० , हरि बहादुर चौहान – ९५ हजार, अमित श्रेष्ठ – १ लाख ८० हजार , राजु रिजाल – ७५ हजार , रोबिन क्षेत्री – ३५ हजार , सुनील धमला – १ लाख ८० हजार, सन्दिप रजाली – ४० हजार , धिरज शाही – ३० हजार , कृष्ण ऐर – ३० हजार

शरद भेसावकर –रणनीतिक खेलाडी महेन्द्रनगर युनाईटेड


शरद घरेलु क्रिकेटमा उत्कृष्ट कप्तान हुन् । भर्खरै पहिलो सस्करणको पोखरा प्रिमियर लिग जिताएका उनले । ईपीएलमा पनि कप्तानि गर्दै आफ्नो टिमलाई फाईनल पुगाएका थिए ।

डीपीएलमा पनि आफ्नो टिम राम्रो हुने उनले बताए । ‘धेरैनै खुसी छु । राम्रो खेलाडी नै परेका छन् । खुसिनै छु । अव टिमलाई राम्रो बनाउदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने योजना छ ।’ शरदले भने ।

शरदको टिमले महेन्द्रनगर युनाईटेडले ११ लाख ५० हजार खर्च गरेको थियो । महेन्द्रनगरले रोहित पौडेल, अविनाश बोहरा तथा आरिफ शेख जस्ता खेलाडी अनुबन्धन गरेको छ ।

महेन्द्रनगर युनाईटेडका खेलाडी हरु

रोहित पौडेल – २ लाख ३० हजार , अविनाश बोहरा – १ लाख ७० हजार, आरिफ शेख – २ लाख ५० हजार, अमर सिंह रौटेला – १ लाख २० हजार, सागर ढकाल –१ लाख , सिद्धान्त लोहनी – ७० हजार, दिलिप नाथ – ७५ हजार, शाहब आलम – ६० हजार, कुशल मल्ल – ५० हजार , दिपेन्द्र चन्द – ३० हजार , सन्तोष भट्ट – ३० हजार , सुशील खड्का – ३० हजार

काठमाडौँ गोल्डेन्स : ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी


भर्खरै मात्र सम्पन्न ईपीएलमा ललितपुरबाट च्याम्पियन बनेका कप्तान हुन् । ज्ञानेन्द्र । डीपीएलमा पनि उत्कृष्ट टोली बन्ने उनको पुर्ण बिश्वास छ । काठमाडौँ गोल्डेन्सले डीपीएल अक्सनमा १० लाख ९५ हजार खर्च गरेको छ ।

ललित राजबंशी, अनिल साह तथा बिक्रम भुसाल जस्ता भरपर्दा खेलाडी अनुबन्धन गरेको काठमाडौँले तेस्रो संस्करणको डीपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्ने योजनामा छ ।

‘म धेरै खुसी छु, राम्रो खेलाडीहरु केहि ड्रमा परेनन् । तैपनि खेलाडीहरु मिलेका छन् । मलाई लाग्छ टिम राम्रो बनेको छ ।’ ज्ञानेन्द्रले भने ।

काठमाडौँ गोल्डेन्सका खेलाडीहरु
ललित राजबंशी – २ लाख ५० हजार, अनिल साह – १ लाख ७० हजार , बिक्रम भुसाल – १ लाख ६० हजार , अबिनभ यादब – ३० हजार , राशिद खान – १ लाख ७० हजार , योगेन्द्र कार्की – ७० हजार, नन्दन यादब – ५० हजार , सोनु तामांग – ६५ हजार , सुर्य तामांग – ५० हजार, मेहबुब आलम – ५० हजार , सुधिर चौधरी – ३० हजार , बिक्रम ठगुन्ना – ३० हजार

बिराटनगर किंग्स : करण केसी रणनीतिक खेलाडी


बिराटनगर किंग्सले करण केसीलाई नयाँ रणनीतिक खेलाडीको रुपमा पाएको छ । करनले पनि यो अवसरलाई खेर जान नदिने बताएका छन् । ९ लाख ९० हजार खर्च गरेको करणको टिमले ।
आफुले पहिलो पटक अक्सनमा बसेको र पहिलो पटकनै राम्रो खेलाडी आफ्नो टिममा परेको करणले बताए । ‘खुसी लाग्यो पहिलो पटक अक्सनमा सहभागि भएको छु ।

अक्सन पनि राम्रो भयो हामिले सोचेका खेलाडीहरु हामिले पायौ, अनुबन्धन गर्न चाहाने केहि खेलाडी भने लिन पाएनौ । राम्रो छ हाम्रो टिम ब्यालेन्स मिलेको छ ।’ करणले भने ।

करणको टिमलाई कुशल भुर्तेल, पृथु बास्कोटा तथा किशोर महता जस्ता खेलाडीहरुको साथ रहने छ ।

बिराटनगर किंग्सका खेलाडीहरु
कुशल भुर्तेल – १ लाख ६० हजार, पृथु बास्कोटा – १ लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार , हरिशंकर शाह – ९० हजार , सुशन भारि – १ लाख , अमृत गुरुङ्ग – ३० हजार , तृत राज दास – ३० हजार , सुबाश ऐर – ३० हजार

सीवाईसी अत्तरिया : दिपेन्द्र ऐरि रणनीतिक खेलाडी


सीवाईसी अत्तरिया भने आजको अक्सन देखी त्यति सन्तुस्ट छैन् । अत्तरियाले ड्र मार्फत पनि राम्रो खेलाडीहरु अनुबन्धन गर्न सकेको थिएन । राम्रो खेलाडी अनुबन्धन गर्न नसके पनि आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने टिम अत्तरियाले बताएको छ ।

अत्तरियामा युवा खेलाडीको जमात छ । उसोत आज रणनीतिक खेलाडी दिपेन्द्र ऐरी पनि आजको अक्सनमा सहभागि जनाउन सकेनन् । आजको अक्सनमा सीवाईसी अत्तरियाले ९ लाख रुपैयाँ खर्च गर्यो ।

सीवाईसी अत्तरियाका खेलाडीहरु
सन्दिप जोरा – २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी – ७५ हजार, भुवन कार्की – २ लाख १० हजार , दिपेन्द्र रावत – ३० हजार, प्रेम तामांग – ५० हजार, आदील अन्सारी – ५० हजार, रामनरेश गिरि – ७५ हजार, कमल सिंह ऐरि – ९० हजार, शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार , रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजार

२०७५ पुष २१, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment