शहिद स्मारक ‘बी’ डिभिजन लिग माघ २५ देखि, ‘सी’ डिभिजन फागुनमा

काठमाण्डौ: अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘बि’ डिभिजन लिगको मिति सार्वजनिक गरेको छ। प्रतियोगिता माघ २५ गतेदेखि सुरु हुनेछ।

प्रतियोगिताको उद्घाटन मिति सार्वजनिक भएपनि पुरा खेलतालिका र स्थान भने सार्वजनिक भएको छैन। यसैबीच प्रतियोगितामा १२ टिमहरुको सहभागिता रहने छ। सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ।

 

समूह ‘ए’मा झम्सिखेल युथ क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), श्री कुमारी युथ क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युथ क्लब र ब्वाइज युनियन क्लब रहेका छन् भने समूह ‘बि’मा तुशाल युथ क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मध्यपुर युथ एसोसिएसन, खुमलटार फुटबल क्लब, बाँसबारी क्लब र श्री भगवती क्लब रहेका छन्।

यसअघि सन् २०१६ मा भएको बि डिभिजन लिगमा बिजेता बन्दै च्यासल युथ क्लब र दोश्रो स्थानमा रहँदै न्युरोड टिम (एनआरटी) ए डिभिजनमा उक्लेका थिए।

सि-डिभिजन लिग फाल्गुन २२ देखि

त्यस्तै आज नै एन्फाले सि-डिभिजन लिग फुटबल खेल्ने टिमहरुको नाम सार्वजनिक गरेको छ। फाल्गुन २२ गतेदेखि हुने प्रतियोगितामा सहभागी हुने ११ टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ए मा स्वयम्बु युथ क्लब, प्लानिङ ब्वाइज, ओएसिस क्लब, मनोहरा, सानोगौचरण र सामाजिक क्लब रहेका छन् भने समूह बि मा बीरगंज युथ, खालीबारी, महाविर, सानेपा र समाज कल्याण रहेका छन्।

सन् २०१६ को सि-डिभिजनबाट शिर्ष २ मा रहँदै श्री भगवती क्लब र झम्सिखेल युथ क्लब बि-डिभिजनमा बढुवा भएका थिए भने बि-डिभिजनबाट सामाजिक युथ क्लब र महाविर युथ क्लब सि-डिभिजनमा घटुवा भएका थिए।

२०७५ पुष २२, आईतवार मा प्रकाशित

Leave a Comment