एफए कप : आर्सनल र चेल्सी चौथो चरणमा, फरेस्ट र ब्ल्याकपूल पराजित

एजेन्सी-इंग्लिस फुटबल प्रतियोगिता एफए कप फुटबलमा आर्सनल र चेल्सी चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा फरेस्टलाई २–० गोल अन्तरले हराउदै चेल्सी एफए कपको चौथो चरणमा प्रबेश गरेको छ ।

यस्तै आर्सनले ब्ल्याकपूललाई तीन शून्य गोलअन्तरले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको हो ।

आर्सनलको लागि जोय विलकले दुई गोल गरेका थिए । उनि आर्सनलका युवा स्ट्राइकर पनि हुन् । उनले एरोन राम्सेको फ्रिकिक पोष्टमा लागेर रिबाउन्ड भएको बलाई सदुपयोग गर्दै खेलको ११ औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए ।

Image result for arsenal

खेलको ३७ औँ मिनेटमा उनले आर्सनलको अग्रतालाई दोब्बर बनाए । उता ब्ल्याकपूलको घरेलु मैदानमा भएको खेलमा उसले गोल भने गर्न सकेन् । यस्तै एलेक्स इवोबीले आर्सनलका लागि अन्तिम निर्णायक गोल फर्काएका थिए ।

Image result for alvaro morata

चेल्सीले नटिङहम फरेष्टलाई हराउन सफल भयो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा अल्भारो मोराटाले ब्याक्तिगत दुई गोल गरे । मोराटाले खेलको ४९ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै त्यसको १० मिनेटमा नै आर्काे गोल गर्दै मोराटाले टिमलाई जित दिलाउन सफल भए ।

इंग्लिस क्लवका लागि अन्तिम खेल खेलेमा सेस फेब्रिगास पेनाल्टीमा चुके |

२०७५ पुष २२, आईतवार मा प्रकाशित

Leave a Comment