ए डिभिजन लिग : थ्री स्टार र आर्मिको लक्ष्य शीर्ष तीन, हिमालयन शेर्पाको नजर शीर्ष छ

काठमाडौं–सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने खेलमा बिभागिय क्लब नेपाल आर्मिले मछिन्द्र क्लबसंग खेल्दै छ ।
एपीएफको हलचोक मैदानमा दिउसो २ः३० बाट शुरु हुने खेलमा आर्मिको लक्ष्य शीर्ष तीनमा उक्लने हुने छ । उता मछिन्द्र पनि आर्मिलाई हराउदै एक स्थान माथि उक्लने योजनामा रहने छ ।

आर्मिलाई यो सिजन ए डिभिजन लिग सुरु हुदा बिजेताको दाबेदारको रुपमा लिएको थियो । आर्मिले १२ खेलमा ६ जित २ हार र ४ बराबरी खेल्दै २२ अंक जोडेको छ । उता मछिन्द्र १२ खेलबाट ७ अंक जोड्दै लिगको पुच्छर तिर छ ।

भरत खवास, नवयुग श्रेष्ठ जस्ता उत्कृष्ट खेलाडीको साथ पाएको आर्मिले भने लिगमा सन्तोष जनक प्रदर्शन गर्न सकेन । अजको खेलमा आर्मिले सहज जित निकाल्दा थ्री स्टारको हार तथा बराबरी भएमा आर्मिले तेस्रो स्थान पाउने छ ।

Image may contain: 3 people, people playing sport and outdoor

आईतबार नै हुने खेलमा हिमालयन शेर्पा क्लबले थ्री स्टारको सामना गर्दै छ । आजको लिगको अन्तिम खेलमा दुबै टोलीको लक्ष्य जित हुने छ ।

थ्री स्टार आजको खेलमा जित निकालेर शीर्ष तीनमा उक्लने लक्ष्यमा हुनेछ भने शेर्पा शीर्ष ६ मा उक्लने योजनामा हुने छ । यो खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने छ ।

थ्री स्टार १२ खेलमा २३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ । भने समान १२ खेल खेलेको १७ अंकका साथ ७ औँ स्थानमा छ ।

२०७५ पुष २२, आईतवार मा प्रकाशित

Leave a Comment