बिपिएल : सिलहेट सिक्सर्स पहिलो खेल आज, सन्दिपले अन्तिम ११ मा स्थान बनाउलान् ?

काठमाडौँ-नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित सिलहेट सिक्सर्सको पहिलो खेल आज हुदैछ । बिग ब्यास लिग पछि बंगलादेश प्रिमियर लिग खेल्न पुगेका सन्दिपले आज हुने खेलमा स्थान बनाउने न बनाउने भन्ने बारे चर्चा चुलिएको छ । शनिवार सुरु भएको लिगमा आज सिलहेट सिक्सर्सले पहिलो खेल खेल्दैछ।

बंगलादेश क्रिकेट बोर्डको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भिकिङ्ग्स गरि ७ टिमले सहभागिता जनाएका छन् ।

सिलहेटले लिग अन्तर्गत पहिलो खेल तामिम इकबाल कप्तानीको टिम कोमिल्ला भिक्टोरिएन्ससंग खेल्दैछ । खेल ढाका स्थित शेरे बांग्ला स्टेडियममा हुँदैछ।

लिगको प्रत्यक्ष प्रशारण डी स्पोर्ट्सले भारतमा तथा बंगलादेशमा गाजी टिभीले गर्नेछ युट्युबमा च्बददष्तजयभिदम क्उयचतक ले यसको प्रशारण गरिरहेको छ। प्रतियोगितामा सन्दिपको टिमको पहिलो खेल जनवरी ६ तारिक नेपाली समय १२:५ बजे सुरु हुनेछ।

बंगलादेश प्रिमियर लिगमा एउटा टिमले आफ्नो प्लेयिंग-११ मा ४ जना खेलाडी खेलाउन पाउने ब्यबस्था भए अनुशार सिलहेट सिक्सर्सले आफ्नो टिममा सन्दिप सहित ९ जना खेलाडी राखेको छ।

डेभिड वार्नरको कप्तानिमा रहेको टोलीमा सोहेल तन्बिर, मोहम्मद इरफान, गुल्बदीन नैब, आन्द्रे फ्लेचर, निकोलस पुरन, इमरान ताहिर र मोहम्मद नवाज अन्य बिदेशी खेलाडीहरु छन् ।

दक्षिण अफ्रिकी चर्चित लेग स्पिनर इमरान ताहिर पनि टिममा हुँदा सन्दिप र ताहिर बीच १ जनाले अन्तिम ११ मा मौका पाउने सभावना पनि छ। ४० बर्षिय अनुभवी लेग स्पिनर एकतर्फ छन् भने अर्कोतर्फ आन्द्रे फ्लेचर, निकोलस पुरन, सोहेल तन्बिर, मोहम्मद इरफान जस्ता खेलाडीहरु मध्ये सिलहेटले क(कसलाई बाहिर राख्नेछ हेर्न लायक हुनेछ ।

सिलहेट सिक्सर्स टिम –

नासिर होसेन, सब्बिर रहमान, लिटन दास, अफिफ होसेन, तस्किन एहमद, अल अमिन होसेन, तोहिड रिदोय, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि अनिक, मेहदी हसन। बिदेशी खेलाडीहरु – डेभिड वार्नर (कप्तान), सन्दिप लामिछाने, सोहेल तन्बिर, मोहम्मद इरफान, गुल्बदीन नैब, आन्द्रे फ्लेचर, निकोलस पुरन, इमरान ताहिर र मोहम्मद नवाज

२०७५ पुष २२, आईतवार मा प्रकाशित

Leave a Comment