डेब्यु खेलमै सन्दिपले लिए दुई विकेट

 

काठमाडौँ-बंगलादेश प्रिमियर लिग अन्तर्गत आफ्नो पहिलो खेलमा सन्दिपले दुई विकेट लिएका छन् । सन्दिपले खेलको ४ ओभर बलिङ्ग गर्दै मात्र १६ रन खर्चि उनले २ ठुलो विकेट पनि लिए ।

चर्चित पाकिस्तानी ब्याट्सम्यान शोयब मलिक र बंगलादेशी रास्ट्रिय क्रिकेटर अनामुल हकलाई सन्दिपले पेभेलियनको बाटो फर्काए।

बिग ब्यास लिग खेलेर बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका सन्दिपलाई सिलहेट सिक्सर्सले पहिलो खेलमा डेब्यु गराएको थियो ।
सन्दिपले पहिलो ओभरमा ५ पाँच रन खर्चे र २ डट् बल पनि फालेका थिए । त्यस्तै दोस्रो ओभरमा ३ रन दिए । त्यस्तै तेस्रो ओभरमा १ विकेट लिदै सात रन खर्चे । सन्दिपले आफ्नो अन्तिम ओभरमा १ विकेट लिदै मात्र दुई रन खर्चे ।

सन्दिपले बिग ब्यास लिगमा पनि पहिओ खेलमा सिड्नी थन्डर्ससंग पहिलो खेलमै २ विकेट लिएका थिए भने ४ खेलमा ८ विकेट लिएका थिए।

सन्दिपको शानदार प्रदर्शनका बावजुत पनि उनको टोलीले जित निकाल्न सकेन । सिक्र्सस ६ विकेटले पराजित भएको छ ।

२०७५ पुष २२, आईतवार मा प्रकाशित

Leave a Comment