ला लिगा : बार्सिलोना र रियल खेल्दै

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानमा रहेको बार्सिलोनाको खेल आज छ । बर्सिलोनालाई आफ्नो अग्रता जोगाई राख्न कडा मेहेनत गर्नु पर्ने छ । किनभने बार्सिलोनाको दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा जम्मा ३ अंकले अघि छ ।

आज राति (आइतबार) हुने विभिन्न तिन खेलहरुमा बार्सिलोनाले गेटाफेविरुद्ध मैदान उत्रदै छ । बार्सिलोनालाई आजको खेल जित्नै पर्ने दवाब छ । गेटाफेको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार १ः४५ बजेबाट शुरु हुनेछ ।

लिगमा १७ खेल खेल्दै बार्सिलोना ३७ अंकका साथ शिर्ष स्थानमा छ । समान खेल खेलेको गटाफे २५ अंकका साथ लिगको ७ औँ स्थानमा छ ।

Related image

आजनै हुने अर्काे खेलमा रियल मड्रिडले रियल सोसीडाडसंग प्रतिस्पर्धा गर्नेछ । रियलको घरेलु मैदानमा हुने खेल ११ः१५ मा सुरु हुनेछ ।
उता एट्लेटिको मड्रिडले सेभियासंग खेल्दैछ । आजको खेलमा जित निकाल्दै बार्सिलोनालाई लिग बिजेतामा चुनौति दिने पक्षमा हुनेछ । दुई बीचको खेल ९ बजे सुरु हुनेछ ।

२०७५ पुष २२, आईतवार मा प्रकाशित

Leave a Comment