मेस्सी राष्ट्रिय टोलीमा फर्कन धेरै समय लाग्ने छैन

काठमाडौं :अर्जेन्टिनी राष्ट्रिय टोली तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी कति बेला राष्ट्रिय टोलीमा फर्कने भन्ने चर्चा चुलिरहेको बेला अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने मेस्सीलाई चाडै फर्काउने तयारी गरिरहेको बताएका छन्।

यतिमात्रै होइन उनले मेस्सीलाई चाँडो राष्ट्रिय टोलीमा फर्काउने योजना अनुसार भेनेजुएलासँगको मैत्रिपूर्ण खेल खेल्ने घोषणा गरेको बताएका छन्।

खेलको मिति तय नभए पनि मार्च २२ वा २६ मध्ये कुनै एक मितिमा यो खेल हुनेछ सम्भावना रहेको उनले बताएका छन्।

यो खेल स्पेनमै खेलाउने योजना बनाएका हुन्। स्कालोनीले मेस्सीलाई बार्सिलोनास्थित घरेलु रंगशालामा अर्जेन्टिनी जर्सीमा उतार्ने योजना बनाएका छन्। र, उनले यसबारे मेस्सीसँग कुरा गरिरहेका छन्। यदि मेस्सी सहमत भए यो खेल स्पेनमै हुनेछ।

यस अघि मेस्सीले कोपा अमेरिका फुटबलमा आफू राष्ट्रिय टोलीमा फर्किने बताइसकेका छन्। तर, स्कालोनीले राष्ट्रिय टोलीबाट ठूला खेलका लागि मेस्सीलाई मानसिक रूपमा तयार पार्न पनि भेनेज्वेलासँगको खेललाई सही समय ठानेका छन्।

उनले मेस्सीलाई अर्जेन्टिनी १० नम्बर जर्सीमा फर्काउन उनकै घरेलु मैदान सही हुने ठानेर यस्तो योजना बनाएका हुन्।

२०७५ पुष २२, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment