डिफेण्डिङ च्याम्पियन अष्ट्रेलिया एएफसी एसियन कप फुटबलको पहिलो खेलमै पराजित भएको छ। शनिवारदेखि युएईमा सुरु भएको प्रतियोगिताअन्तर्गत आज भएको समूह बी को खेलमा अष्ट्रेलिया जोर्डनसँग पराजित भएको हो।
जोर्डनले अष्ट्रेलियालाई १-० ले हरायो। अनास बानी यासिनले खेलको २६औँ मिनेटको गरेको गोल नै जोर्डनलाई ३ अंक दिलाउन निर्णायक बन्यो।
यसैगरी सुनिल क्षेत्रीले २ गोल गरेपछि समूह ए को खेलमा भारतले थाइल्याण्डलाई ४-१ ले पराजित गरेको छ। यस्तै अनिरुद थापा र जेज लाखपेखलुअले भारतका लागि एक-एक गोल गरे।