एसियन कप फुटबल : ५५ वर्षपछि भारतको ऐतिहासिक जित, सुनिल क्षेत्रीको दुई गोल

संयुक्त अरब इमिरेट्समा जारि एसियन कप फुटबलमा भारतले थाइल्याण्ड विरुद्ध जित दर्ता गर्दै प्रतियोगिताको सुरुवात गरेको छ।

भारतले एफसी एसियन कप फुटबल प्रतियोगितामा ५५ वर्षपछी जित निकाल्ने क्रममा थाइल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो। भारतको जितमा कप्तान सुनिल क्षेत्रीले २ गोल गरे भने अनिरुद थापा र जेजे लाल्पेख्लुआले १/१ गोल गरे। त्यस्तै थाइल्याण्डको तर्फबाट तीरासिल दङ्डाले १ गोल फर्काए।

पहिलो हाफको २७ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान क्षेत्रीले टिमलाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि ३३ औँ मिनेटमा थाइल्याण्डको तर्फबाट तीरासिल दङ्डाले १ गोल फर्काएपछी पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।

दोश्रो हाफको १ मिनेट भित्र पुनः व्यक्तिगत दोश्रो गोल गर्दै क्षेत्रीले टिमलाई २-१ को अग्रता दिलाए। अनिरुध थापाले ६८ औं मिनेट र जेजे लाल्पेख्लुआले ८० औं मिनेटमा गोल गरे।

यसअघि भारतले एसियन कप फुटबलमा सन् १९६४ मा हंगकंग बिरुद्द ३-१ को जित हात पारेको थियो।

सुनिल क्षेत्रीको किर्तिमान

भारतीय कप्तान सुनिल पेनाल्टीमार्फत २७ औं मिनेटमा गोल गरेसँगै उनि अहिले खेलिरहेका खेलाडीहरु मध्ये देशका लागि सर्बाधिक गोल गर्ने खेलाडीहरुको सुचिमा दोश्रो नम्बरमा उक्लिएका थिए। यसअघि उनि अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीसँगै दोश्रो नम्बरमा रहेका थिए।

देशका लागि सबैभन्दा धेरै गोल गर्ने एक्टिभ खेलाडी

८५: क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

६७: सुनिल क्षेत्री (भारत)

६५: लियोनल मेस्सी (अर्जेन्टिना)

२०७५ पुष २२, आईतवार मा प्रकाशित