सिटी ७ गोल गर्दै एफ ए कपको चौथो चरणमा

एजेन्सी–एफ ए कप फुटबल अन्तगर्त गएराति भएको खेलमा रोथरह्याम युनाइटेडलाई हराउदै म्यानचेस्टर सिटी एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलमा ६ फरक खेलाडीले एक एक गोल गरेका थिए । एक गोल भने सिटीले उपहार स्वरुप पाएको थियो ।
सिटीलाई जित दिलाउन लोरियो साने, रहिम स्टर्लिङ, ग्याबरियल जेसस, रियाद मेहरेज, वटामेन्डी र फिलिप वाल्टरले एक एक गोल गर्दा एउटा गोल भने उपहार पाएको थियो ।

पहिलो हाफको १२ औं मिनेटमा स्टर्लिङले सिटीले सुरुआती अग्रता लिएको थियो । सुरुति समयमै दवावमा आएको रोथरह्यामालाई खेलको ४३ औं मिनेटमा फिलिप वाल्टरले गोल गरेका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा सिटीले थप एक गोल उपहार पायो । केइल वाल्करले प्रहार गरेको बललाई स्टर्लिङले गोल गर्न खोज्दा रोथरह्यामका खेलाडी सेमी अजाईको खुट्टामा लागेर गोल भएको थियो ।

Manchester City hit seven against Rotherham in the FA Cup

पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप चार गोल गर्दै चौथो स्थानमा आफुलाई सुरक्षित गरेको हो ।
ग्याब्रियल जेसल खेलको ५२ औं मिनेटमो गोल गर्दै ५–० को अग्रता बनाए ।

यस्तै ७३औं मिनेटमा रियाद मेहरेजले पाँचौं गोल गर्दा ७८ औं मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै टिमलाई आधा दर्जनको अग्रता दिलाएका थिए । सिटीका लागि अन्तिम गोल ८५ औं मिनेटमा लोरियो सानेले गरे ।

२०७५ पुष २३, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment