ला लिगा : रियल मड्रिड पराजित, उपाधि होडमा धक्का

एजेन्सी–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसीडाडसंग २–० गोलले पराजित भएको छ । आईतबार राति भएको खेलमा मड्रिडले १२ औँ स्थानमा रहेको सोसीडाडसंग २–० गोलले हार व्यहोर्यको हो ।

मड्रिडको घरेलु मैदानमा भएको खेलमा सोसीडाडले खेलको तेस्रो मिनेटमा शुरुवाति अग्रता बनाएको थियो । सोसीडाडका लागि खेलको तेस्रो मिनेटमा विलियन जोसेले गोल गरेका थिए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको सोसीडाडले दोस्रो हाफको अन्तिम तिर पुन एक गोल गर्दै जित निश्चित गरेको हो । खेलको ८३ मिनेटमा रुवेन पोर्दाेले अन्तिम गोल गरेका थिए ।

आजको खेलमा निरासजनक हार भएसंगै मड्रिडलाई उपाधि होडमा केहि धक्का पुगेको छ । रियलले १८ खेलबाट ३० अंक जोडेको छ। रियल शीर्ष स्थानको बार्सिलोना भन्दा अझै १० अंकले पछाडी छ । सोसीडाड २२ अंक सहित १२ औँ स्थानमा छ ।

२०७५ पुष २३, सोमबार मा प्रकाशित

Leave a Comment