बार्सिलोनाको जितमा मेस्सी र स्वारेजको गोल

एजेन्सी :  बार्सिलोनाले स्पेनिस ला–लिगा फुटबलको शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। आइतबार राति भएको १८ औँ चरणको खेलमा गेटाफेलाई २-१ ले हराएर बार्सिलोनाले दोस्रो स्थानको एंट्लेटिको मड्रिडभन्दा ५ अंक बढी जोडेको हो ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा बर्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र लुई स्वारेजले एक-एक गोल गरे । कोलिसेउममा खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोना लाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । गेटाफेका तर्फबाट खेलको ४३ औँ मिनेटमा मटले एक गोल गरेपनि घरेलु मैदानमा हार टार्न पर्याप्त भएन ।

जितसंगै बार्सिलोनाले  १८ खेलबाट ४० अंक जोडेको छ । समान खेल खेलको गेटाफे २५ अंकका साथ सातौ स्थानमा छ ।

बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग अंक दुरी फराकिलो बनाएको छ । गए राति भएको अर्काे खेलमा एट्लेटिको मड्रिड र सेभियाले १-१ को बराबरी खेले ।

अंक तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यि दुई क्लबले बराबरी खेल्दा बार्सिलोनालाई भने फाईदा भएको छ । एट्लेटिकोल १८ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा छ । भने समान १८ खेलको सेभिया ३३ अंकका साथ तेस्रो स्थानमा छ।

२०७५ पुष २३, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment