मादकपदार्थ सेवन गरेको आरोपमा, रुनी पक्राउ

एजेन्सी– डीसी युनाइटेडका स्ट्राइकर तथा इंग्ल्याण्ड राष्ट्रिय टोलीका पुर्व कप्तान वायन रुनी सार्वजनिक स्थानमा मादकपदार्थ सेवन गरेपछि अमेरिकाको वासिङ्गटन डिसीमा गत डिसेम्बर १६ मा स्थानीय प्रहरीले पक्राउ गकोरे बताईएको छ ।

म्यानयूका पुर्व स्टार रुनीलाई सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरिरहेको अवस्था प्रहरीले पक्राउ गेरेको हो । पक्राउ गरेको स्थानीय प्रहरीले उनलाई सार्वजनिक स्थानमा मादकपदार्थ सेवन नगर्ने वाचा गरेसंगै छोडेको जनाएको छ ।

रुनीलाई २५ डलर जरिवाना पनि गरेको छ । रुनी प्रिमियर लिगका सर्बाधिक गोल कर्ता पनि हुन् । यस सिजन रुनीले क्लब डीसी युनाइटेडबाट उत्कृष्ट प्रदर्श गर्दै आहिरेका छन् ।

२०७५ पुष २३, सोमबार मा प्रकाशित

Leave a Comment