लिगको अन्तिम खेलमा संकटाको निरासाजनक हार

काठमाडौँ-पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो भएको संकटाले आफ्नो अन्तिम खेलमा निरासजनक हार बेहोर्दै लिग अन्त्य गरेको छ । सोमबार भएको खेलमा संकटाले एपीएफसंग २–१ गोलले हार बेहोरेको हो ।

लिगमा ३३ बर्षपछि दोस्रो स्थान हासिल गरेको संकटले अन्तिम खेलमा निरासजनक रहासंगै लिगबाट बिदा लिएको हो । सातदोबाटो स्थित एन्फा एकेडेमिमा भएको खेलको २४ औं मिनेटमा एपीएफका युवराज खड्काले काउन्टर अट्याकमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

जुन अग्रता एपीएफले पहिलो हाफसम्म कायम राखेको थियो । त्यस्तै ७१ औं मिनेटमा एपीएफले थप एक गोल गर्दौ खेलको अन्तर २–० मा पुरायो ।

राजन गुरुङले एपीएफका लागि दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए ।  खेलमा २ गोलले पछि परेको संकटाका लागि इन्जुरी समयमा लक्ष्मण रुचालले टिमका लागि सान्तोना गोल फर्काए ।

संकटाले १३ खेलमा २८ अंकका साथ लिग टुंग्याएको छ ।

२०७५ पुष २३, सोमबार मा प्रकाशित

Leave a Comment