लिगले सफल बनाएको प्रशिक्षक सुमन श्रेष्ठ

काठमाडौँ : फुटबल, विश्व जगतलाइ धानेको खेलकुदको एक विधा। भनिन्छ हरेक खेलकुदमा खेलाडीको महत्व हुन्छ।

खेल भित्र खेलाडी, खेलाडीसंगैको प्रशिक्षक। कुनै खेल खेल्न सकिन्छ, तर त्यसलाई सिकाउन मुस्किल कार्य हो।

अझ भनौँ प्रशिक्षक धेरैको भाग्यमा नसिब हुन्छ, तर सफल प्रशिक्षण त्यतिबेला मात्र हुन्छ जतिबेला एउटा प्रशिक्षकले खेल र खेलाडीको भावना बुझेर टिमलाई सफलता दिलाउन्छ ।

यस्तै एउटा सफल प्रशिक्षक हुन सुमन श्रेष्ठ। धनकुटामा जन्मेका उनि ७ वर्षको उमेरदेखि फुटबल खेल्थे।

फुटबल खेल्नका सौखिन उनलाई आज फुटबलले नै सफल प्रशिक्षकको चिनारी पनि दिएको छ। श्रेष्ठ लिग च्याम्पियन सिग्नेचर मनाङ मर्सयाङ्दी क्लबका प्रशिक्षक हुन्।

श्रेष्ठले १५ वर्षको उमेरमा नै जिल्ला स्तरको टोलीमा स्थान बनाएका थिए । मेहेनती र लगनशिलताले उनलाई यो सफलता दिलाएको उनि बताउछन्।

Suman Shrestha
Suman Shrestha

धनकुटाको जिल्लास्तरीय खेल खेलिरहेका उनलाई २०५१ सालमा पूर्वाञ्चलको टिमबाट खेल्न अवसर आयो । उनि पूर्वाञ्चलकै टिमबाट काठमाडौँमा हुने बर्थडे कप खेल्न आउने गर्थे ।

उनको लगनशिलता र मेहेनतले गर्दानै  पहिलो पटक २०६० सालमा लिग खेल्ने अवसर पाए । लिगमा उनको पहिलो क्लब ब्वाइज युनियन हो । उनले ए डिभिजन लिग ब्वाईज युनियन र जावलाखेल युथ क्लबबाट खेले ।

फुटबल खेल्दै गर्दा ०६० सालमा उनले सि लाईसेन्स बनाईसकेका थिए । पछि बी हुँदै २०१६ मा उनले ए लाईसेन्स परिक्षा पास गर्दै पुर्ण रुपमा प्रशिक्षकको भुमिकामा बस्ने चाहना बनाए ।

बिचमा लिग नभएको कारण उनि फुटबलमा देखिएनन् । तर पनि काम भने छाडेनन् पीएलए आर्मी, आर्मी, ब्वाईज युनियन लगाएतका फुटबल क्लबहरुमा प्रशिक्षण गराए ।

उनले फुटबलमै धेरै समय बिताए । करिब पाँच वर्षपछि शुरु भएको ए डिभिजन लिगमा सुरुमा उनी मनाङको सहायक प्रशिक्षकको रुपमा थिए । तर मुख्य प्रशिक्षक रहेका फुजा तोपेको कागजी प्रक्रिया नमिल्दा सुमनले नै मुख्य प्रशिक्षणको जिम्मेवारी सम्हाल्ने अवसर पाए ।

उनले पनि यो अवसरलाई सहजै गुमाउन चाहेनन् ।

प्रशिक्षणको दैरान उनि लुक्लासम्म पुगे हिमाली क्षेत्रमा गएर पनि प्रशिक्षण गरएका श्रेष्ठले अहिले ठुलो सफलता हात पारेका छन् ।

१४ वटा क्लबले सहभागिता जनाएको ए डिभिजन लिगमा उनको प्रशिक्षणमा मनाङले दुई खेल अगावै उपाधि पक्का गर्‍यो ।

लिगको ११औं चरण सकिदाँ मनाङले उपाधि जितेको हो । पहिलो पटक ए डिभिजन लिगमा पुर्ण रुपमा प्रशिक्षकको भुमिका निभाएर आफ्नो क्लबलाई लिग जिताउँदा जीवनमा ठुलो उपलब्धी हासिल गरेको महशुस भएको श्रेष्ठले बताए ।

उनले भने, ‘पहिलो पटक लिगमा पुर्ण परुपमा प्रशिक्षको भुमिका निभाए, संयोगबस पहिलो पटक नै सफलता हासिल भयो । अब बाँकि एउटा खेलमा पनि जित निकाल्दै पुर्ण रुपमा सफल हुने धोको छ ।’ प्रशिक्षक श्रेष्ठले भने ।

मनाङले अब मंगलबार फ्रेन्ड्स क्लबसंग अन्तिम खेल खेल्दै छ। भोलि हुने खेलमा मनाङले जित हात पारेका लिगको सबै खेलमा जित्दै उपाधि उचाल्ने कीर्तिमान राख्नेछ ।

प्रशिक्षक श्रेष्ठले लिग जिताउन सबै भन्दा ठुलो हात खेलाडीको रहेकोले सबै खेलाडीलाई धन्यबाद दिए । साथै बिदेशी खेलाडी तथा साहेक प्रशिक्षलाई पनि यस उपाधिको हकदारको रुपमा लिएको उनले बताए ।

( फोटो – एन्फा )

२०७५ पुष २३, सोमबार मा प्रकाशित

Leave a Comment