प्रिमियर लिग लिडर लिभरपुल एफ ए कपबाट बाहिरियो

एजेन्सी–इंग्लिश प्रमियर लिग लिडर लिभरपुल एफ ए कप फुटबलबाट बाहिरिएको छ । सोमबार भएको तेस्रो चरणको खेलमा वुल्भससँग पराजित भएपछि लिभरपुल एफए कपबाट बाहिरिएको हो ।

वुल्भसको घरेलुमदानमा भएको खेलमा लिभरपुल २–१ ले पराजित भएको हो । घरेलु मैदानमा वुल्भ्सलाई जित दिलाउन राउल जेमिनेज र रुबेन नेभेसले एक एक गोल गरेका थिए ।

Image result for liverpool

उता लिभरपुलका डिभोक ओरिगीले एक गोल फर्काएका थिए । खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको वुल्भसले दोस्रो हाफमा थप एक गोल गरेका थियो । खेलको ३८ औं मिनेटमा वुल्भसका रायलले गोल गर्दै टोलीलाई सुरुजाती अग्रता दिलाएका थिए ।

त्यपछि खेलको ५१ औं मिनेटमा लिभरपुलका ओरिगीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।  तर, त्यसकाो चार मिनेट नबित्दै रुबिनले गोल गर्दै विल्भसले पुनः२–१ ले अग्रता लियो ।

त्यसपछि दुबै टोली बाट थपगोल हुन नसक्दा लिभरपुल पराजित भएको हो । प्रिमियर लिगमा पनि लिभरपुलले पछिल्लो एक खेलमा हार बेहोरेको छ ।

२०७५ पुष २४, मंगलवार मा प्रकाशित

Leave a Comment