जनवरी ट्रान्सफरमा फेलानी र स्वारेज

एजेन्सी–इन्ग्लिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर मारोउने फेलानी चिनियाँ क्लब र स्पेनिस क्लब बार्सिलोनाका खेलाडी लुई स्वारेज आर्सनलमा अनुबन्धन भएका छन् ।

उनिहरु जनवरी ट्रान्सफर अन्तरगत आर्सनल र चिनियाँ क्लबमा अुनबन्धन भएका हुन् ।

लुई स्वारेज

स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर डेनिस सुआरेज प्रिमियर लिग क्लब आर्सनलमा अनुबन्धन भएका छन् । आर्सनलले बार्सिलोनाका मिडफिल्डर सुआरेजलाई सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्धन गरेको हो ।

बार्सिलोनाले २५ बर्षिया खेलाडीसंग सम्झौता नविकरण गर्दै लण्डन पठाउने निर्णय गरेको हो । सुआरेजले बार्सासंग सन् २०२१ को जुनसम्मको सम्झौता गरेका छन् ।

स्वारेजले आफुले आर्सनलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् । ‘म आर्सनलमा राम्रो खेल प्रदर्शन गर्न आएको हु, मैले मेुरो क्लबलाई च्याम्पियन्स लिग जिताउन ठुलो प्रायास गर्ने छु’ स्वारेजले भने

मारोउने फेलानी

फेलानी चिनियाँ क्लब शान्डोङ लुनेङ जाने भएका छन् । युनाइटेड र शान्डोङ लुनेङबीच फेलानीको सरुवाका लागि १० मिलियन पाउण्डमा सहमति भएको बताइएको छ ।

उनले चिनियाँ क्लबसंग ३ वर्षे सम्झौता गर्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

युनाइटेडमा रहदा प्लेइङ सेटमा धेरै पटक नपरेका फेलानी चिनियाँ क्लबमा भने उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको बुझाई छ ।

 

२०७५ माघ १८, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment