जिरोनालाई हराउदै रियल कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी– स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेका छ । बिहिबार राति भएको खेलमा जिरोनालई ३–१ गोलले हराउदै रियल सेमिफाइनलमा प्रवेश गरेको हो ।

रियलका लागि करिम बेन्जेमाले २ गोल गरेका थिए । खेलको २७ औं मिनेटमा बेन्जेमाको गोल मार्फत अग्रता बनएको रियललेका लागि उनले खेलको ४३ औँ मिनेटमा थप एक गोल गरे ।

बेज्जेमाले दुई गोल गरेपछि रियल सेमिफाइनल पुग्ने अवशर नजिक थियो ।

तर, पेड्रो पोर्रोले ७१ औं मिनेटमा गोल गरे पनि जिरोनालाई केहि फाइदा पुगेन । उनले गोल गरेका ५ मिनेट नबित्दै रियलका मार्काे लोरेन्टले ७६ औँ मिनेटमा पुन १ गोल गरे ।

उनले गोल गरेसंगै जिरोनालाई समग्रमा ७–३ गोलअन्तरले पराजित गरी रियल कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस अघि रियलले घरेलु मैदानमा भएको पहिलो लेग ४–२ गोलअन्तरले जितेको रियलले जिरोनाको घरेलु मैदानमा मार्फत अग्रता बनाएको थियो ।

२०७५ माघ १८, शुक्रबार मा प्रकाशित

Leave a Comment