नेपाली बलरले घातक बलिङ गर्दा युएईले नेपाललाई दियो १ सय ८ रनको सामान्य लक्ष्य

काठमाडौं–टी–२० अन्तराष्ट्रिय क्रिकेटको दोस्रा खेलमा घरेलु टोली यूएईले नेपाल सामु १ सय ८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार आईसीसी ओभल ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली १९.२ ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो ।

युएईका लागि सि.पि रिजवानले सर्वाधिक ४४ रनको योगदान गरे । उनले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाउन सफल भएका हुन् । उनलाई नेपाली बलर अभिनास बोहोराले आउट गरेका थिए ।

त्यस्तै शाइमन अनवार १४, मोहम्मद बूटाले ११ रन बनाउन सफल भए ।

बलिङ तर्फ नेपालका अभिनास बोहोराले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अभिनासले २० रन खर्चेर ४ विकेट लिन सफल भएका थिए ।

त्यस्तै सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए ।

२०७५ माघ १८, शुक्रबार मा प्रकाशित

Leave a Comment