टि–२० अन्तराष्ट्रिय सिरिज : दोस्रो खेलमा नेपाल ४ विकेटले विजय

काठमाडौं– टि–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तरगत युएईबिरुद्धको दोस्रो खेलमा नेपाल ४ विकेटले विजय भएको छ ।  शुक्रबार आईसीसी ओभल ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली १९.२ ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटिदा नेपालले १०८ रनको सामान्य लक्ष्य पाएको थियो ।

१०८ रनको लक्ष्य पछा्उने क्रममा नेपालले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर १११ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक ४७ रनको योगदान गरे । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४७ रनको योगदान गरेका थिए । ऐरी अर्धसतक बनाउन बाट मात्र ३ रनले चुकेका थिए ।

त्यस्तै करण केसीले २० रन जोड्न सफल भए । उनले २३ बल खेलेर २ चौका र १ छक्का प्रहार गरेका गरे । यस्तै नेपालका पवन सराफले १८ रन बनाउन सफल भए । उनले २५ बलमा २ चौका प्रहार गर्दै १८ रन बनाएका हनु ।

नेपालका लागि ओपनर दोय पारस खड्का सुन्य रनमा आउट हुदा प्रदिप ऐरीले भने ८ रनको योगदान गरे । त्यस्तै उप–कप्तान ज्ञानेन्द्र मल्लले ७ तथा सन्दिप जोराले १ रन जोड्न सके ।

बलिङ तर्फ युएईका सुल्टान अहमेदले सर्वाधिक २ विकेट लिए । त्यस्तै मोहमेद नबिद, अमिर हायत, जोहर खान र इमरान हाइदरले समान १–१ विकेट लिए ।

यस अघि बलिङ तर्फ नेपालका अभिनास बोहोराले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अभिनासले २० रन खर्चेर ४ विकेट लिन सफल भएका थिए ।

त्यस्तै सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । युएईका लागि सि.पि रिजवानले सर्वाधिक ४४ रनको योगदान गरे । उनले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाउन सफल भएका हुन् । उनलाई नेपाली बलर अभिनास बोहोराले आउट गरेका थिए ।

त्यस्तै शाइमन अनवार १४, मोहम्मद बूटाले ११ रन बनाउन सफल भए । अव नेपालले सिरिज अन्तरगतको तेस्रो खेल माघ २० गते (फेब्रुअरी ३ तारिक) मा खेल्नेछ ।

२०७५ माघ १८, शुक्रबार मा प्रकाशित

Leave a Comment