ढोरपाटन महिला भलिबलमा आर्मिको डवल जित

काठमाडौं–ढोरपाटन महिला भलिबल लिग अन्तरगत अजा भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मि क्लबले डबल जित निकालेको छ । आज भएको पहिलो खेलमा पुलिसलाई पराजित गरको आर्मिले दोस्रो खेलमा दाङलाई पराजित गरेको थियो ।

आर्मिले पहिलो खेलमा पुलिसलाई ३–२ सेटले हराएको थियो । पहिलो सेटमा २५–२२ को जित निकालेको पुलिसले दोस्रो सेटमा भने २१–२५ को हार ब्यहोर्नु परेको थियो । पुलिसले फेरी तेस्रो सेट आफ्नो नाममा पार्न सफल भयो ।

तेस्रो सेट २५–१८ ले जितेको पुलिसले चौथो र पाँचौ सेट भने गुमाउन पुग्यो । आर्मिले अन्तिम दुई सेटमा १५–२५ र १२–१५ को जित निकालेको थियो ।

आजनै भएको अर्काे खेलमा आर्मिले दाङलाई २५–१२, २५–१९ र २५–११ हराएको हो । आजको पहिलो खेलमा सेव स्किुलले दाङलाई हराउन सफल भएको थियो । सेवले दाङ माथि २५–१८, २५–१५ र २५–११ को सोझो जित निकालेको हो ।

ढोरपाटन भलिबल लिगमा भएका अर्काे खेलमा एपीएफले जित निकालेको छ । आज भएको तेस्रो खेलमा एपीएफले पश्चिमाञ्चललाई तीन सेटको सोजो जित निकालेको हो । एपीएफले २५–१५, २५–१८ र २५–११ को सोझो जित निकालेको हो ।

भोलि हुने खेल

पुलिस र दाङ
एपीएफ र आर्मी
पश्चिमाञ्चल र सेव

अंक तालिका

१. एपीएफ (३६) १२ खेल
२. पुलिस (३०) १२ खेल
३. आर्मी (२९) १२ खेल
४. पश्चिमाञ्चल (१९) १२ खेल
५. सेव (१४) १३ खेल
६. चितवन टाइगर्स (१३) १४ खेल
७. श्रीगाँउ (११) १३ खेल

२०७५ माघ १८, शुक्रबार मा प्रकाशित