एजेन्सी– स्पेनिस फुटबल क्लब बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा भिड्ने भएका छन् । कोपा डेल रेले शुक्रबार सेमिफाईनलको ‘ड्र’ सार्वजनीक गरेको छ ।
आज सार्वजनीक भएको ‘ड्र’ अनुशार स्पेनिस दुई क्लबहरु आमने सामने हुने भएका छन् ।
उसोत बिश्व फुटबल इतिहासमा यी दुबै टोली बेला बेल चर्चामा आउने गर्दछन् । स्पेनिस ला लिगमा बलिया मानिले दुबै टोली कोपा डेल रेमा अन्तिम पटक सन् २०१३÷१३ को सिजनमा आमने सामने भएका थिए ।
साविक बिजेता बार्सिलोना यस पटक पनि उपाधि उचाल्ने दाउमा हुनेछ । त्यस्तै आज सावजनीक ‘ड्र’ अनुशार रियल बेटिसले भ्यालेन्सियासंग प्रतिस्पर्धा गर्ने भएको छ ।
सार्वजनीक तालिका अनुशार पहिलो लेगको खेल फेब्रुअरी ७ मा हुनेछ । रियल बेटिस र भ्यालेन्सिया फेब्रुअरी ८ मा भिड्नेछन् ।
दोस्रो लेगको खेल फेब्रुअरी २७ मा हुनेछ ।