बार्सिलोना जाने बारे कुनै सोच बनाएको छैन : नेयमार

एजेन्सी–ब्राजित तथा पेरिस सेन्ट जर्मनका स्ट्रार खेलाडी नेयमार जुजियरले आफु बार्सिलोना जाने बारे कुनै सोच नबनाएको बताएका छन् ।

भखर्रै मात्र घाइते भएर मैदान बाहिर रहेका नेयमारलाई बार्सिनोनासंग जोडेर बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले चर्चाको बिषय बनाएको देखिन्छ ।

तर, नेयमारले भने बर्सिलोना जाने बारे कुनै सोच नभएको बताएका छन् । स्पोर्टस किडासंगको कुराकानिमा उनले यस्तो बताएका हुन् ।

‘मैले बार्सिलोना जोने बारै अहिले कुनै सोच बनाएको छैन्, म आफ्नो खेलमा फोकस गरिरहेको छु, म अहिले यसैमा रमाइ रहेको छु’ नेयमारले भने ।

नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकम १ सय ९६ पाउण्डमा पीएसजी गएका थिए । नेयमार पीएसजी गय यता कुनै प्रनि चर्चित अवार्डको उत्कृष्ट तीनमा पर्न सकेका छैनन् ।

उसोत नेयमारलाई पटक पटकको चोटाले पिरोली रहेको छ । नेमार भर्खरैको चोटका कारण चार साता मैदान बाहिर छन् ।

२०७५ माघ १९, शनिबार मा प्रकाशित

Leave a Comment