युएई विरुद्धको तेस्रो खेलमा नेपालका समर्थकहरुको थप भुमिका आवश्यक छ : कप्तान पारस खड्का

एजेन्सी-नेपाली राष्ट्रिय क्रिकेट टोलिका कप्तान पारस खड्काले नेपालविरुद्धको सिरिज आयोजना गर्दा अर्को पटक युएईले अल्टरनेटिभ भेन्यु खोज्नुपर्ने बताएका छन्।

अहिले भइरहेको नेपाल र युएईबीचको ओडिआई र टी-२० आई सिरिजमा नेपाली समर्थकहरुको बाक्लो उपस्थिती भएकोले केही समर्थह बाहिर समेत बस्नुपरेकाले पारसले युएई क्रिकेटलाई यस्तो आग्रह गरेका हुन्।

टि–२० अन्तराष्ट्रिय सिरिज हेर्न करिव १८ सय समर्थकहरु दुबईको क्रिकेट मैदानमा भित्र छिरेका थिए। समर्थको भिरभाड तथा समर्थनले नै नेपाललाई दोस्रो सिरिज जित्न थप उर्जा दिलायो।

तर, आइसीसी एकेडेमिमा दर्शकहरु बस्ने क्षमता बढी नभएकाले सयौँ दर्शकलाई बाहिरनै राखियो। तीन एकदिसीय अन्तर्राष्ट्रिय र एक टि–२० अन्तर्राष्ट्रियमा पनि समर्थकरुको यतिकै मात्रामा सहभागिता रहेको थियो। तर, पहिलो पटक समर्थहरुलाई बन्द गरिएको थियो। नेपाली दर्शकहरु ठूलो मात्रामा शुक्रबार दिउँसो नेपाल र युएईविरुद्धको खेल हेर्न मैदान मित्र जान चाहान्थे।

नेपाली समर्थकहरूले एकेडेमि नभई धेरै मात्रामा दर्शकले हेर्न पाउने क्षमताको स्टेडियममा खेल गर्नु पर्ने माग राखेका थिए। दुबई स्पोर्ट्स सिटी, अबूधाबी वा शारजाँहमा अन्तर्राष्ट्रिय स्टेडियममध्ये कुनै एक ठाँउमा खेल गर्नु पर्ने माग राखेका थिए।

पारसले यस प्रकारको खेलहरु ठुलो स्टेडियममा गर्नु पर्ने आईसिसिलाई भने। तर, यहि मात्रामा समर्थकहरु बढेमा भने भविश्यमा अर्को उपाया सोच्नु पर्ने पारसले बताए।

‘मैदान एकदमै राम्रो छ, सुविधा पनि, पिच र सबै छ, यो विश्व स्तरिय नै छ।’ पारसले भने।

‘हामीसँग भएका समर्थक र साथको लागि, हामि अर्को खेलमा राम्रो व्यवस्थापन गर्न सक्छौं, साथै खेल हेर्ने समर्थकका लागि पनि राम्रो ब्यवस्थापन गर्ने छौ।’

‘खेल पछ्याउने धेरै मानिसहरु छन्, हेर्ने स्थान भन्दा बढी, मलाई लाग्छ यो भन्दा धेरै मानिसहरु खेख्न र खेल हेर्न चाहान्छन्’ पारसले भने। 

नेपालका लागि आइतबारको तेस्रो खेल सुनिश्चित थिएन, अब भने तेस्रो खेल हेर्नलायक हुनेछ, शुक्रबारको खेलको अन्तिम ओभरमा नेपाली

खेलाडी दिपेन्द्र ऐरीले उत्कृष्ट इनिङ खेल्दै नेपाललाई सिरिज अन्तर्गतको दोस्रो खेल जिताउन सफल भए। उता युएईको तर्फबाट सीपी रेजवानले उत्कृष्ट प्रदर्शन गर्दै ४४ रन जोडेका थिए। उनले ४३ बलयो ४४ रन जोडेका थिए।

तर, उनी लगाएतका अन्य ब्याट्म्यानको ब्याट भने नेपाली बलरका सामु धेरै चल्न सकेन, नेपाली बलर अभिनास बोहरा, सोमपाल कामी र सन्दिप लामिचेनले उत्कृष्ट बलिङ गरे।

यता ब्याटिङतर्फ दिपेन्द्रले निकै संघर्ष गर्नु परेको थियो। उनले सुल्तान अहमद, मोहम्मद नबिद र इमरान हैदरको बलको सामना गर्नु परेको थियो। तर, दिपेन्द्रले नट आउट ४७ रन पुरा गरे। अन्तिम ओभरमा उनले १ छक्का र १ चौका प्रहार गरेका थिए। जसले नेपालको जित सुनिश्चित पारेका थिए।

‘त्यो उनको भुमिका हो, जो हामीले दिपेन्द्रमा देख्ने गरेका छौँ, बास्तवमा हामी उनि माथि भरोसा गर्छौँ।’ ‘म दिपेन्द्र माथि धेरै आभारि छु, उनले रन बटुलेर नेपाललाई जिताउन महत्वपुर्ण भुमिका खेले, जुन खेल नेपालले जित्नै पर्ने थियो।’

‘युएईलाई भने पुर्ण भरोसा थियो, सुल्टानले ४ ओभरमा बलिङ गर्दा ९ बलमा २ विकेट लिएका थिए।’ ‘सुल्तानले भने, हामि पुर्ण रुपमा विश्वस्त थियौ, हामिलेनै खेल जित्छौ भन्नेमा, जब हामिले १३ ओभर सम्म बलिङ गरिरहेका थियौँ र नेपालको लगातार विकेट झरी रहको थियो।’

‘१३ औं ओभर भन्दापछि हाम्रो फिल्डिङमा केहि कमजोरी भयो, जसले गर्दा नेपालले २–२ रन बटुल्न सक्यो, तेस्रो खेलामा भने हामी बलियो भएर आउने छौँ।’

२०७५ माघ १९, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment