डीपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

काठमाडौं–धनगढीमा माघ २६ गतेदेखि हुने धनगढी प्रिमियर लिग क्रिकेटको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजकले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार २६ गते पहिलो दिन धनगढी स्ट्रार्स र बिराटनगर किङ्गसबीच खेल हुनेछ ।

प्रतियोगितामा ७ गतेसम्म लिग चरणको खेल हुनेछ भने ८ र ९ गते क्वालिफायर चरणका खेल हुनेछ । त्यस्तै फाल्गुन ११ गते फाइनल खेल हुनेछ ।

डीपीएललाई यस बर्ष देखी आईसीसीले मान्यता दिएसँगै यसवर्ष विदेशी खेलाडीहरु पनि भित्र्याएका छन् ।

तेस्रो संस्करण डीपीएलमा ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् । जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन् ।

२०७५ माघ १९, शनिबार मा प्रकाशित