नेपाल समाबेस हिरो वुमन्स गोल्डकपको खेल तालिका सार्वजनिक

काठमाडौं–नेपाली राष्ट्रिय महिला फुटबल टोली समाबेस हुने होरो वुमन्स महिला गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय फुटबल महासंघले सार्वजनीक गरेको तालिका अनुसार नेपालली महिला टोलीले आफ्नो पहिलो प्रतिद्धन्दीको रुपमा म्यानमारलाई पाएको छ ।

नेपालले आफ्नो पहिलो खेल म्यानमारसंग माघ २६ गते खेल्नेछ । वुमन्स महिला गोल्डकप माघ २६ देखि फागुन ३ गतेसम्म सञ्चालन हुदैछ ।

यस अघि प्रतियोगितामा भाग लिने भनेको श्रीलंकाले भने अन्तिम समयमा नखेल्ने जनाएको छ । श्रीलंकाको स्थानमा भने ईरानलाई सहभागि गराईएको छ ।

प्रतियोगिताको तयारीका लागि नेपाली महिला राष्ट्रिय टोली अहिले झापामा बन्द प्रशिक्षणमा रहेको छ ।

२०७५ माघ १९, शनिबार मा प्रकाशित