ढोरपाटन महिला भलिबल : एपीएफको शिर्ष स्थानको यात्रा कायम

काठमाडौं–ढोरपाटन महिला भलिबल लिग अन्तरगत अजा भएको खेलमा विभागिय टोली एपीएफले त्रिभुवन आर्मि क्लबलाई हराउन सफल भएको छ ।

एपीएफले आर्मिलाई माथि ३–१ जित निकालेको हो । एपीएफले पहिलो सेट २२–२५ ले गुमाएको थियो । दोस्रो सेटमा भने एपीएफ पुन खेलमा फर्कियो उसले दोस्रो सेट २५–७ मा जितेको थियो । बाँकि दुई सेटमा पनि २५–१७ र २५–२१ को जित निकाल्न सफल भयो ।

आज भएको अर्काे खेलमा नेपाल पुलिस क्लबले दाङ माथि २५–१२, २५–१० र २५–९ को सोझो जित निकालेको हो ।

त्यस्तै आज भाएको अन्तिम खेलमा पश्चिमाञ्चलले सेव माथि पनि तीन सेटको सोझो जित निकालको छ । पहिलो सेटमा २५–९ को जित निकालेको पश्चिमाञ्चलले दोस्रो सेटमा २९–२७ र तेस्रो सेटमा २५–८ को जित निकलेको हो ।

भोलि लिगको अन्तिम दिन दुई खेल

आर्मी र पश्चिमाञ्चल (१२ बजे)

एपीएफ र पुलिस (२ बजे)

अंक तालिका

१. एपीएफ (३९) १३ खेल

२. पुलिस (३४) १३ खेल

३. आर्मी (२९) १३ खेल

४. पश्चिमाञ्चल (२२) १३ खेल

५. सेव (१४) १४ खेल

६. चितवन टाइगर्स (१३) १४ खेल

७. श्रीगाँउ (११) १४ खेल

२०७५ माघ १९, शनिबार मा प्रकाशित