महिला नेत्रहीन क्रिकेट सिरिज : पाँच खेलको सिरिजमा नेपालको २–० को अग्रता

काठमाडौं– अन्तराष्ट्रिय महिला नेत्रहिन क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो खेलमा पनि जित हात पारेको छ । शनिवार इस्लावादको सिमाना रावलपिण्डीमा भएको तेस्रो खेल नेपालले ७.३ ओभरमै जित हात पार्न सफल भएको हो ।

आज भएको जितमा नेपालकी नकेसी चौधरी महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी भएकि छन् । चौधरीको अर्ध सतकको मधतले नेपालले पाकिस्तानलाई तेस्रो टी–२० खेलमा १० विकेटले पराजित गरेको छ ।

नेपालले लाहोरमा भएको पहिलो खेल पनि १० विकेटले नै जितेको थियो । फैसलावादस्थित इकवाल स्टेडियममा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो।

फैसलावादमै शुक्रवार हुने भनिएको तेस्रो खेलपनि मैदान भिजेका कारण हुन नसकेपछि इस्लामावादमा सारिएको थियो । ओपनर मनकेसी चौधरीले आक्रमक ब्याटिङ गर्दै मात्र २१ बल खेलेर नटआउट ५८ रन बनाइन् ।

बि टू क्याटेगोरी खेलाडी चौधरीले आफ्नो इनिङ्समा १० चौका प्रहार गरिन् । यस्तै अर्का ओपनर विनिता पुनले २४ बल खेल्दै ५ चौकाको मद्दतमा नटआउट ३४ रन बनाइन् ।

चौधरी र पुनबीच भएको १०३ रनको साझेदारी पनि महिला नेत्रहीन क्रिकेटमा कीर्तिमानी साझेदारी हो।

पाकिस्तानले पहिलो खेलको तुलनामा तेस्रो खेलमा सुधारिएको प्रदर्शन गरेपनि नेपाली खेलाडी ब्याटिङमा हावी भएको थियो । १०३ रनको लक्ष्य नेपालले आठौँ ओभरमा पुरा गरेको हो ।

पहिलो खेलमा ५३ रनमै अलआउट भएको पाकिस्तानले दोस्रो खेलमा भने सुधारिएको प्ररद्शन गर्दै पूरै २० ओभर ब्याटिङ गर्याे । पाकिस्तानका लागि ओपनर तयावा फतिमाले सर्वाधिक २७ रन बनाइन् । भनेद सादियाले १७ रन जोडिन् । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाकिस्तानले ३५ रन अतिरिक्तबाट पाएको थियो। मैदान ओसिलो रहेका कारण पहिलो इनिङ्समा नेपाली खेलाडीलाई फिल्डिङमा केही गाह्रो भएको थियो। तर अन्तिमतिर भने नेपालले चुस्त फिल्डिङ गर्दै पाकिस्तानलाई रन बनाउन बाट रोकेको थियो ।

बलिङमा नेपालका लागि कप्तान भगवती भट्टराईले र मुना अर्याले १–१ विकेट लिइन् । भगवतीले ३ पाकिस्तानी खेलाडीलाई रनआउट समेत गरिन् । यस्तै सरिता घिमिरेल डाइरेक्ट हिटमार्फत एक रनआउट गरिन् ।

 

२०७५ माघ १९, शनिबार मा प्रकाशित