मनाङलाई हराउदै आर्मी इटहरी गोल्डकपको च्याम्पियन

काठमाडौं-सिग्नेचर मनाङ मस्र्याङदीलाई हराउदै आर्मीले इटहरी गोल्डकपको उपाधि चुमेको छ । शनिबार सुनसरीमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि विभागीय त्रिभुवन आर्मीले चुकेको हो ।

इटहरी रंगशालामा आज भएको फाइनलमा आर्मिले मनाङलाई २–० ले पराजित गरेको हो । आजको फाइनल खेलमा मस्र्याङदीलाई  पराजित गर्दै आर्मिले उपाधि सहित १६ लाख रुपैयाँ हात पारेको हो ।

त्यस्तै उपविजेता बनेको ए डिभिजन लिग च्याम्पियन मनाङले ८ लाख रुपैयाँमा पाएको छ ।

आर्मिलाई जित दिलाउने क्रममा टंक बस्नेत र भरत खवासले गोल गरे थिए । आर्मीका टंक बस्नेत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद २५ हजार सहित एउटा एलईडी टिभी प्राप्त गरे ।

अन्य विधागततर्फ आर्मीका सन्तोष तामाङ वेष्ट मिडफिल्ड, भरत खवास वेष्ट फरवार्ड, विकेश कुथु उत्कृष्ट गोलरक्षक, चुम बहादुर थापा उत्कृष्ट प्रशिक्षक घोषित भए ।

मनाङका सुरज विके वेष्ट डिफेन्डर बने । बिधागत तर्फ उत्कृष्ट हुने सबे खेलाडीले २० हजार रुपैया प्राप्त गरे । प्रतियोगितामा सवार्धिक गोल गरेका भरत खवासले २५ हजार रुपैयाँ प्राप्त गरे ।

२०७५ माघ १९, शनिबार मा प्रकाशित