तिलोत्तमा गोल्डकप फाल्गुन पहिलो साताबाट

काठमाडौं–बुटवल देविनगरस्थित एन्फा एकेडेमीमा आगामि फागुन २ देखि ११ सम्म गते सम्म २१ औं संस्करणको तिलोत्तमा गोल्डकप हुने भएको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको संरक्षकत्वमा आयोजना हुने प्रतियोगिताका बारेमा फुटबल संघले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

प्रतिष्ठित प्रतियोगिताका रुपमा चिनिने गोल्डकपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सहभागी हुने गर्दछन् ।

प्रतियोगितामा ‘ए’ डिभिजनका सहित १० टिमको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेतालाई ८ लाख ८० हजार र उपविजेतालाई ५ लाख ५० हजार नगद सहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकका महासचिव लोक पुनले बताए ।

प्रतियोगिताको अनुमानित लागत १ करोड रहेको छ ।

२०७५ माघ २०, आईतवार मा प्रकाशित