मेस्सीले दुई गोल गर्दा पनि बार्सिलोनालाई सफलता मिलेन

एजेन्सी–बार्सिलोनाका स्ट्रार खेलाडी लियोनल मेस्सीले भ्यालेन्सियाविरुद्धको खेलमा दुई गोल गर्दा पनि बार्सिलोनाले जित हात पार्न सकेन । स्पेनीस ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासंग २–२ गोलको बरावरी खेलेको हो ।

यो खेलमा हार भएसंगै बार्सिलोनालाई उपाधि होडमा केहि धक्का पुगेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाविरुद्ध पाहुना टोली भ्यालेन्सियाले खेलमा शुरुवाती अग्रता बनाएको थियो ।

भ्यालेन्सियाले खेलको २४ औं मिनेटमा केभिन गामिरोको गोल मार्फत खेलमा अग्रता बनाएको थियो । त्यस्तै खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले पाएको पेनाल्टीलाई डानी पारीजोले गोल गर्दै अग्रता दोब्बर बनाए ।

भ्यालेन्सियाको त्यो अग्रता भने लामो समय टिकेन । बार्सिलोनाका मेस्सीले खेलको ३९ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेल २–१ को स्थितिमा पुगाए ।

बार्सिलोनाका लागि कप्तान मेस्सीले खेलको ६२ औं मिनेटमा थप एक गोल गर्दै खेल बराबरी ल्याय । यो बराबरीसंगै बार्सिलोनाले २२ खेलबाट ५० अंक बनाएको छ ।

२०७५ माघ २०, आईतवार मा प्रकाशित

Leave a Comment