प्रिमियर लिग : टोटेनहम र चेल्सी विजयी

एजेन्सी–इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । शनिबार भएको खेलमा चेल्सीले हर्डल्सफिल्ड विरुद्ध गत्कृष्ट जीत निकालेको हो ।

चेल्सीले हर्डल्सफिल्ड विरुद्ध ५–० को जित निकाल्न सफल भएको हो । चेल्सीलाई जित दिलाउने क्रममा क्लबका लागि पहिलो खेल खेलेका गोञ्जालो हिगुइन र इडेन हाजार्डले दुई गोल गरे ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले हर्डल्सफिल्डविरुद्धक खेलको १६औं मिनेटमा हिगुइनको गोल मार्फत अग्रता बनाएको थियो ।

त्यसपछि पहिलो हाफको अन्तिम समयमा चेल्सीले पाएको पेनाल्टीलाई इडेन हाजार्डले गोल गर्दै अग्रता दुई शुन्यमा पुगाए । पहिलो हाफमा २ गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा दुई गोल थप्यो । ६६ औं मिनेटमा फेरी इडेन हाजार्डले टिमका लागि दोस्रो गोल गरे ।

त्यसको ३ मिनेट नवित्दै हिगुइनले ब्यक्तिगत दोस्रो तथा टिमकालागि चौथो गोल गरे । त्यसपछि ८६ औं मिनेटमा डेविड लुइजले गोल गर्दै टिमको अग्रता ५ शुन्यमा पुगाए ।

शनिबार नै भएको खेलमा टोटेनहमले न्युकासल युनाइटेडविरुद्ध जित निकालेको छ । शनिबार भएको खेलमा टोटेनहमले १–० गोल अन्तरले जित निकालेको हो ।

शिनिबारको खेलमा जितसंगै टोटेनहम लिगको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले २५ खेलबाट ५७ अंक जोडेको छ । टोटेनहमले म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै दोस्रो स्थान हासिल गरेको हो । एक खेल कम खेलेको सिटीको ५६ अंक छ ।

२०७५ माघ २०, आईतवार मा प्रकाशित