टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं– टी–२० अन्तराष्ट्रि सिरिजमा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ । भरखरै मात्र युएईसँग २–१ ले एकदिवसिय अन्तराष्ट्रिय सिरिज जितेर पहिलो ऐतिहासिक सफलता प्राप्त गरेको नेपालले दोस्रो ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

युएईसँगकै तीन खेलको टी–२० अन्तराष्टि सिरिजमा पनि नेपालले जित हात पारेको छ । नेपालले २–१ ले सिरिज जित्दै दोस्रो ऐतिहासिक सफलता हात पारेको हो ।

टी–२० अन्तराष्ट्रि सिरिजको तेस्रो खेलमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

बर्षाले प्रभावित १० ओभरमा छोट्याएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा युएईले निध्रारित १० ओरभमा ८ विकेट गुमाउँदै मात्र ९० रन बनाउन सक्यो ।

नेपालका लागि करन केसी, ललित राजवंशी र अभिनाश बोहराले दुई दुई विकेट लिए । सोमपाल कामी र सन्दीप लामीछानेले एक एक विकेट लिए ।

युएईका लागि सैमन अन्वरले ३० रन जोडे । उनले २० बल खेल्दै २ चौका र २ छक्का प्रहारेका थिए । गुलाम साब्बरले २५ र मोहमद बुटाले ११ रन जोड्न बाहेका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि आक्रमक ब्याटिङ प्रस्तुत गर्दै युवा ब्याट्सम्यान सन्दीप जोराले २८ रन जोडे ।

उनले मात्र ११ बल खेल्दै तीन छक्काको मद्दतमा २८ रन जोडेका हुन् । त्यस्तै कप्तान पारस १४ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडे ।

विनोद भण्डारीले २१, उपकप्तान ज्ञानेन्द्र मल्लले ११, करन केसी १०, दिपेन्द्र सिंह एरी २, ओपनर पवन सराफ, सन्दीप लामिछाने र सोमपाल कामी रन बिहिन भए । युएईका लागि मोहमद नाभिद र सुल्तान अहमदले २ तथा जाहोर खान, मोहमद बुटा र आमिर हायातले एक एक विकेट लिए ।

२०७५ माघ २०, आईतवार मा प्रकाशित

Leave a Comment