अग्युरोको ह्याट्रिकमा सिटीलाई सफलता

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीलाई सफलता मिलेको छ । आइतबार राति भएको खेलमा सिटीलाई सफलता दिलाउन अग्युरोले ह्याट्रिक गरे ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ ले हराएको हो । आइतबारको जितसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी कम बनाएको छ । तर, लिभरपुलले एक खेल खेल्न अझै बाँकि छ ।

 

सिटीको घरेलु मैदानमा भएको खेलमा अग्युरोले पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको ११ औं मिनेटमा कोसचिन्लेको गोलमा आर्सनलले खेल बराबरीमा ल्यायो ।

त्यस पछि सिटीले थप दुई गोल गर्न सफल भयो । सिटी कालागि ४४ औं मिनेटमा अगुइरोले दोस्रो गोल गरे भने ६१ औं मिनेटमा अगुइरोले ह्याट्रिक पुरा गर्न सफल भए । जितसँगै सिटीले २५ खेलबाट ५९ अंक बनाएको छ ।

२०७५ माघ २१, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment