एजेन्सी-स्पेनिस ला लिगा फुटबलमो एथ्लेटिको मड्रिड पराजित भएको छ । दोस्रो स्थानमा रहेका एथ्लेटिकोले रियल बेटिससँग हार बेहोर्नु परेको छ ।
आइतबार राति भएको खेलमा एथ्लेटिको बेटिससँग १–० गोल अन्तरले पराजित भएको हो ।
आइतबार भएको खेलमा पराजित भएको एथ्लेटिकोको ला लिगाको अंक तालिकामा बार्सिलोनासंगको अंक दुरी अझै धेरै गरेको छ । यो हारसंगै एथ्लेटिको उपाधि होडमा झन कमजोर भएको हो ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको रियल बेटिसले सर्जियो कनलेसले खेलको ६५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेको थिए ।
त्यसपछि खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि बेटिस १–० ले बिजयीहुँदै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ला लिगामा बार्सिलोनाको ५० अंक छ भने एथ्लेटिको मड्रिडको ४४ अंक रहेको छ ।
